News Portal

क्यालिब्रेसन उडानका लागि पाेखरा आइपुग्यो एरो थाईको जहाज

हिमालीसंचार संवाददाता
४८० पटक

विजय नेपाल,
पोखरा। आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ।

निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही मंसिर ५ देखि यान्त्रिक परीक्षण हुनेछ। नेपालगञ्जबाट उडेको जहाज शनिबार यहाँ आइपुगेको विमानस्थल प्रवक्ता अनुप जोशीले जानकारी दिए।

क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो।

क्यालिबे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित हुने छन्। त्यसको लागि नोटाम जारी गरिएको छ। क्यालिब्रेसन फ्लाईट लागि नोटाम जारी भएको अवस्थामा अरु नियमित उडान हुन सक्दैनन्।

क्यालिब्रेसन परीक्षण हुने भएपछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्म मात्र चालु विमानस्थलबाट उडान हुने छन्। अरु बेला उडान प्रभावित हुने जनाइएको छ। पोखरा विमानस्थलबाट हाल काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, धनगढी र नेपालगञ्जका लागि नियमित उडान हुने गर्दछ।

क्यालिब्रेसन उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ। र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन्।

नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो। सन् २०२१ जुलाई १० सम्म निर्धारित समय तोकिएकोमा ६ महिनाअघि नै संचालन हुने गरी तीव्र भएपनि कोरोनाले निर्माण प्रभावित बनेको थियो। चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो।

विमानस्थलको रन वे २ हजार ५ सय मिटरको छ। नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा हेरिएको छ। आइकाओ मापदण्डअनुसार फोरडी मोडलमा पर्ने यो विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...