News Portal

  • क्यालिब्रेसन उडानका लागि पाेखरा आइपुग्यो एरो थाईको जहाज

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    विजय नेपाल,
    पोखरा। आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ।

    निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही मंसिर ५ देखि यान्त्रिक परीक्षण हुनेछ। नेपालगञ्जबाट उडेको जहाज शनिबार यहाँ आइपुगेको विमानस्थल प्रवक्ता अनुप जोशीले जानकारी दिए।

    क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो।

    क्यालिबे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित हुने छन्। त्यसको लागि नोटाम जारी गरिएको छ। क्यालिब्रेसन फ्लाईट लागि नोटाम जारी भएको अवस्थामा अरु नियमित उडान हुन सक्दैनन्।

    क्यालिब्रेसन परीक्षण हुने भएपछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्म मात्र चालु विमानस्थलबाट उडान हुने छन्। अरु बेला उडान प्रभावित हुने जनाइएको छ। पोखरा विमानस्थलबाट हाल काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, धनगढी र नेपालगञ्जका लागि नियमित उडान हुने गर्दछ।

    क्यालिब्रेसन उडानको प्रतिवेदन कम्पनीले बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुने गर्दछ। र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुने छन्।

    नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो। सन् २०२१ जुलाई १० सम्म निर्धारित समय तोकिएकोमा ६ महिनाअघि नै संचालन हुने गरी तीव्र भएपनि कोरोनाले निर्माण प्रभावित बनेको थियो। चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो।

    विमानस्थलको रन वे २ हजार ५ सय मिटरको छ। नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा हेरिएको छ। आइकाओ मापदण्डअनुसार फोरडी मोडलमा पर्ने यो विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्ने छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...