News Portal

कवि धनदेव जोशीको कविता “खोला किनारमा उभिएर”

हिमालीसंचार संवाददाता
३५१ पटक

खोला किनारामा उभिएर
एउटा रुख
थामिरहेछ आफ्नो अस्तित्व
वर्षौ वर्षदेखि ।
चिन्ता छैन उसलाई
गास बास अनि
कपासको
न छ आडम्बर उसमा
कोही कसैलाई बुच्छ देखाएर
आफू ठूलो बन्ने
हाँडीघोप्टे प्रवृत्ति।

सुरसाको जस्तो मुख बाउने
शाखा सन्ततिका लागि
पुग्ने गरी थुपार्ने
मनसायलाई घृणा गर्ने ऊ
सबैलाई समान देख्छ
फगत समान देख्छ।
एकले अर्काको
जरा काट्दै हिड्ने
मतलबी दुनियाँबाट
टाढा बस्न रुचाउने ऊ
भ्रष्टाचारी दलाल
अन्धभक्तहरुसँग
साइनो नै गाँस्दैन
न त सम्झन्छ
त्यस्ता पापी अधर्मी हत्यास
लोकाचार नभएका
नर पिशाचहरुलाई
जसले मानवताको नाममा
हरपल हरक्षण
अमानवीय कुकृत्य
गर्थे र गर्दैछन्।

ऊ त सबै कुरा छोडेर
आफू भएको अस्तित्त्व मात्र
सम्झिरहन्छ
जुन अस्तित्त्व
परापूर्व कालदेखि
सञ्चित समृद्ध हुंदै
आजसम्म चलिरहेको छ
जसले प्राणीलाई
मानवमा विकसित गर्यो ।

धनदेव जोशी
बैतडी

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...