News Portal

विमला चन्दको अध्यक्षतामा ९ सदस्यीय समकालिन साहित्य चौतारी गठन

हिमालीसंचार संवाददाता
३२१ पटक

काठमाडौँ। नेपाली भाषा र साहित्यिकको जगेर्ना र विकासको टेवा पुर्याउने उद्देश्यका साथ समकालिन साहित्य चौतारी स्थापना भएको छ। कार्तिक २३ गते काठमाडौ जिल्ला प्रशासन कार्यालयमा उक्त संस्था दर्ता भएसँगै संस्थाले बैद्यानिकता प्राप्त गरेको हो।

साहित्यकार विमला चन्द सानुको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति गठन भएको छ। साहित्यिक क्षेत्रका अग्रजहरूको सम्मानका साथै वहाँहरूका पदचापलाई पछ्याउँदै समकालीन साहित्यिक मनहरूसँग सहयात्रा गर्ने उद्धेश्यका साथ उक्त संस्था स्थापना भएको हो।

उक्त संस्थाको उपाध्यक्षमा प्रमोद ढकाल, बिराटनगर, सचिवमा अलख निरन्जन लोहार, कैलाली, कोषाध्यक्षमा सिर्जना नेपाल सुवेदी, इटहरी रहेका छन्। सदस्यहरुमा क्रमशः कुमारी चेम्जोङ्ग झापा, तपेन्द्र मलाती अछाम, ज्योती खवास इटहरी, शारदा भट्टराई बिराटनगर र बिरेन्द्र विवश अछाम रहेका छन्।

२०७७ सालमा बिमला चन्द सानुज्यूको परिकल्पनामा समकालीन साहित्य चौतारी नामको फेसबूक पेज खोलेर फेसबूक प्रत्यक्ष प्रसारण शुरु गरिएको साहित्यिक यात्रा ७०८ औं शृङ्खलासम्म पुग्न सफल भएको छ। यसको उद्देश आफ्ना अग्रज साहित्यकारहरुको सम्मान समकालीन सर्जकसङ्ग सहकार्य र अनुज सर्जकका लागि विशाल मंच उपल्ब्ध गराएर साहित्यिक मनहरु सङ्गको समधुर सम्बन्धलाई अझै बलियो बनाउने रहेको थियो।

यसै क्रममा समकालीनको लाईभमा विभिन्न साहित्यिक सर्जकहरु बिमला चन्द सानू, अलख निरन्जन लोहार टीकापुर, विजय खड्का गगन गुल्मी, मिरा बराल चितवन, टंक चन्द अमेरिका, भुमिराज तिमिल्सिना, उमेश बिश्वकर्मा, मीन बहादुर थापा मिलन टीकापुर, कुमारी चेम्जोङ्ग विस्मृती झापा, सानू जोशी कंचनपुर, सरु रोकाया, बिरेन्द्र विवश, ज्योती खवास, सिर्जना नेपाल सुवेदी, शारदा भट्टराई, तपेन्द्र मलाती, हरि सुनार र पुरुषोत्तम उपाध्याय दाहाल लगायतले साहित्यिक रचनाहरु प्रस्तुत गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...