News Portal

  • पाहुना आएका मामाको हत्या, भान्जा पक्राउ

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    मोरङ। मोरङको उर्लाबारीमा पाहुना आएका व्यक्तिको हत्या गरिएको छ। आइतबार राति करिब १२ बजे कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।

    मोरङ प्रहरीका अनुसार उनको हत्या भान्जा २२ वर्षीय सुजन पाँचकोटीले गरेका हुन्। घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार गरी सुजनले काजीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

    टाउकोमा दाउले हान्दा गम्भीर घाइते भएका काजीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर (मंगलबारे, उर्लाबारी) लगिएको थियो।

    तर उपचारका क्रममा सोमबार बिहान १ बजे उनको मृत्यु भएको मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न सुजन पाँचकोटीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १८ गतेको राशिफल

    आज कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...