News Portal

पाहुना आएका मामाको हत्या, भान्जा पक्राउ

हिमालीसंचार संवाददाता
४३४ पटक

मोरङ। मोरङको उर्लाबारीमा पाहुना आएका व्यक्तिको हत्या गरिएको छ। आइतबार राति करिब १२ बजे कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।

मोरङ प्रहरीका अनुसार उनको हत्या भान्जा २२ वर्षीय सुजन पाँचकोटीले गरेका हुन्। घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार गरी सुजनले काजीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

टाउकोमा दाउले हान्दा गम्भीर घाइते भएका काजीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर (मंगलबारे, उर्लाबारी) लगिएको थियो।

तर उपचारका क्रममा सोमबार बिहान १ बजे उनको मृत्यु भएको मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। घटनामा संलग्न सुजन पाँचकोटीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...