News Portal

निर्वाचनको सुरक्षार्थ ७७९ स्थानमा नेपाली सेना परिचालन

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौं – आगामी  मंसिर    गते  हुने  प्रतिनिधिसभा  तथा  प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गरिएको छ । 

नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहेकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  मतदान  सुरु  हुनुभन्दा  १०  दिन  पहिले  तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिए । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । 

एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बराबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको सेनाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...