News Portal

  • नेपथ्यको दुबईमा कन्सर्ट

    हिमालीसंचार संवाददाता
    २७१ पटक

    युएई। लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र दुबईस्थित अल नासेर लिजरल्यान्ड नेपथ्य आइतबार तेस्रोपटक प्रस्तुत भएको हो।

    नेपथ्यले यसपटक अघिल्ला कन्सर्टभन्दा बेग्लै दर्शकलाई उफार्ने हो रामा रामाबाट कन्सर्टको आरम्भ गरेको थियो। प्रारम्भबाटै तीव्रता बोकेको सांगीतिक माहोलका कारण अरूबेला आइस हकी खेलिने कार्पेटले ढाकिएको बरफ मैदान सुरुदेखि तातिन पुग्यो।

    कन्सर्टमा दर्शक श्रोताले टेकेको भुइँमुनि जमेको बरफ तापक्रम र खुद्माका चापले टुत्रिदै गरिरहेको मैदानमा फेरि माथिबाट हिउ परेकै भान पार्नेगरि कृत्रिम हिउँको वर्षा भइरहेको थियो।

    त्यस माहोलमा नेपथ्यको दोश्रो गीत थियो भेंडाको ऊनजस्तो। तेश्रो गीत छेक्यो छेक्योसम्म घन्किँदा मैदानभरि जताततै नृत्य गर्ने मात्र होइन, साथीबाट बोकिएर नाच्न खोज्नेको दृश्य पनि देखिन सुरु भइसकेको थियो।

    चौथो गीत लामपाते सुरती गाउने बेलासम्म पनि हलमा दर्शक आउने क्रम जारी रहेको र यसरी प्रवेश गर्दै गरेका दर्शक गेटैदेखि समूहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिएको नेपथ्यले जनाएको छ।

    चरी म-यो, यो जिन्दगानी र भर्खरैको शिरफूल शिरैमाजस्ता गीत घन्किएको कन्सर्टमा घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन पुगेकाको चित्र अंकित भिडियो पृष्ठभूमिमा देखाउँदै ब्यान्डले प्रस्तुत गर्यो मै मरी जाउला, जीवन छोटो छ। लगत्तै फेरि घन्क्यिो आमाको कोखमा बास मात्रै पाए नि, कुन देशको मरन हौ हजुर।

    घरि मायाल’ त घरि आमाको सम्झना गराउने आफूहरूको परिस्थितिलाई टपक्क टिपेर तयार पारिएका यस्ता गीत घन्किँदा अरबको हलमा उपस्थित नेपाली आँखा सलबलाउनको पुगेको नेपथ्यले जनाएको छ। गायक अमृत गुरुङले कन्सर्टलाई अघि बढाउने क्रममा उही लाहुरे परम्परालाई सम्झाउने गरी भर्खर सार्वजनिक अर्को गीत गाए।

    नैना ताल नैना ताल
    घुमि आयो रेल
    आँखामा लाउने कालो गाजल
    बुलबुलेमा तेल
    नैना ताल।

    गीत संगीतसँगै दर्शकमा जागेको नृत्यको तीव्र लयलाई समात्दै ब्यान्डले मै नाचे छमछमी, तालको पानी र रेशम गाउञ्जेल जे-जस्ता दृश्य देखिए, त्यसले नेपथ्य कन्सर्ट उत्तेजक बनाउनुमा प्रस्तोता मात्रै होइन, दर्शकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने पुष्टि गरिरहेको देखिन्थ्यो।

    अन्तिममा रातो र चन्द्र सूर्य प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा हल्लाउनेले चरमोत्कर्षको अनुभूति गराएको नेपथ्यले उल्लेख गरेको छ। व्यवस्थापन, प्राविधिकलगायत १४ जनाको टोलीका साथ दुबई पुगेको टिम नेपथ्यमध्ये गायक अमृतलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...