News Portal

 फुटबल समर्थकका लागि कतार 

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौं – विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियल मात्र होइन यो महिना एक मिलियनभन्दा धेरै फुटबल समर्थक कतार पुग्नेछन् ।संसारका चर्चित केहि सुपरस्टार कलाकारहरु मध्यपूर्वी देशको बाटोमा छन्। जसले आगन्तुक र कतारी जनतालाई फुटबलभन्दा बाहेक धेरै प्रदर्शनीबाट मनोरन्जन दिनेछन्।कतारले आफूलाई वर्षको अन्तिमसम्म विश्वमन्चमा आफूलाई प्रदर्शित गर्नेछ । विश्वको जनसंख्याको आधाभन्दा धेरै हिस्सा करिव ५ अर्ब मानिसले विश्वकपको गतिविधि हेर्ने अनुमान गरिएको छ। संसारले हेर्ने इभेन्टलाई सफल बनाउन कतार दृढ छ।

सन् २०२२ को फिफा विश्वकप आयोजना अधिकार पाएयताको १२ वर्षमा कतारले दर्जनौं होटल र आवास कम्प्लेक्स निर्माण गरेको छ। नयाँ मनोरन्जनस्थल, समुद्र तट, संग्रहालय र रेस्टुरेन्ट यी सबै एकमुस्ट प्याकेजको एउटा हिस्सा हो।विश्वकपका दौरान तीन स्थानमा म्युजिक फेस्टिभल एकसाथ सन्चालन हुनेछन् । विश्वप्रसिद्ध ब्याण्ड ब्ल्याक आइड पिज र डीजे अर्मिन भान बूरेनको प्रस्तुतिमा विश्वकपका समर्थकहरु झुम्नेछन्।

शुक्रबार दोहा गल्फ क्वबमा विश्वविख्यात गायक इनरिक इग्लेसेयसको प्रदर्शनी हुनेछ । सोही स्थानमा ब्ल्याक आइड पिज ब्याण्डले प्रस्तुति दिनेछ।आर्कियता महोत्सव तीन चरणमा सन्चालन हुनेछ भने १०० भन्दा बढी कलाकारले प्रस्तुति दिनेछन् । विश्वकप सुरु हुनुभन्दा १ दिन अघि अर्थात् नोभेम्बर १९ देखि डिसेम्बर १९ सम्म यो महोत्सव चल्नेछ।

कतारको प्रतिष्ठित म्युजियम अफ इस्लामिक आर्टलाई पछिल्लो समय सर्वसाधारणका लागि पुनः खोलिएको थियो। सन् २०२२ मा सर्वसाधारणका लागि योबाहेक कतार ओलम्पिक र खेल संग्रहालय पनि खोलिएको छ।विश्वकपको यो संस्करण हेर्नका लागि १२ लाखभन्दा बढी मानिस कतार पुग्ने अनुमान गरिएको छ। अहिलेसम्म २९ लाख टिकट विक्री भइसकेको छ ।

कतार आउने समर्थकका लागि अपार्टमेन्ट, होटल, डेजर्ट क्याम्प, भिल्ला, फ्यान भिलेज र यहाँसम्म क्रुज जहाज पनि उपलब्ध हुनेछ । केहि समर्थकले युएई, ओमान र इरानमा गएर बस्नका लागि पनि यातायात सुविधा उपलब्ध हुनेछ।कतारमा अन्तर्राष्ट्रिय आगमनको संख्या पछिल्लो पाँच वर्षमा उच्चतम स्तरमा पुगिसकेको छ । सेप्टेम्बर महिनामा मात्रै १ लाख ५१ हजार व्यक्ति कतार पुगेका थिए ।

आयोजक कतारले भनेको छ। कतार विश्वकपका क्रममा पूरै परिवारका लागि सांस्कृतिक र मनोरन्जनात्मक विकल्पको एक विशाल शृंखला प्रस्तुत गरिनेछ ।’
‘फुटबल प्रतियोगिताका अलावा देशव्यापी रुपमा हुने उत्सवमा ९० भन्दा बढी कार्यक्रम सन्चालन हुनेछ । तीमध्ये मुख्य कार्यक्रमहरु खेलको खुला प्रत्यक्ष प्रशारण, म्युजिक फेस्टिभल, सांस्कृतिक प्रदर्शनी र सडक प्रदर्शनी हुनेछन्,’ कतारले जारी गरेको वक्तव्यमा भनिएको छ ।

राजधानी दोहामा निर्मित कर्निस (समुद्रको किनारमा बनाइएको पैदल मार्ग) नोभेम्बरदेखि नै सन्चालनमा ल्याइएको छ । ६ किलोमिटर क्षेत्रमा एक कार्निभल वातावरण प्रदान गरिनेछ । जहाँ पर्यटकहरुका लागि प्रदर्शनी, सांस्कृतिक गतिविधि, भोजन र पेय पदार्थको स्टल र खुद्रा पसललगायत छन्।

विश्वकपमा हुने भीडलाई ध्यानमा राखेर कतारले चुस्त सुरक्षा व्यवस्थाका साथ विश्वकप सम्पन्न गर्न भन्दै हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेछ । उसले मोरक्को, पाकिस्तान, बेलायत, टर्की र नाटोसहित थुप्रै देशसँग सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...