News Portal

रगत र अबिरका बलिहरु (कविता)

हिमाली संचार संवाददाता
८४६ पटक

~ श्रीराम बस्याल ‘स्वरुप’

नचढाउ ती पत्थर हरुमा रगत र अबिरका बलिहरु,
परिवर्तनका लागि चढ्न तयार छन यी ज्यान शुलिहरु,
तर बोल्न रोकिने छैनन अबिश्वासका खेतिहरुमा,
कुन चाहिँ हावामा उड्न सक्यो तिम्रो ईश्वर पुज्नेहरुमा।

ऊ केवल पत्थर ढुंगा पुजिरह्यो,
मन भित्र पाप पालेर मन्त्र जपिरह्यो,
न नखाएर  बाच्यो, न कसैलाई बचायो,
असहाय र अन्यायमा न कहिले आवाज उठायो।

तिम्रो रुढीबादी राज्यसत्ताको ढोंग
सिंहदरबार देखि गाउँ सहरसम्म चलिरहेछ,
र त्यहि सत्ता बचाउन संसदवादीहरु
भ्रम र लुटको खेति चलाईरहेछ
उता रातो झण्डा बोक्नेहरुको
विद्रोहको आवाज गुञ्जिरहेछ।

हो त्यहि आवाज गुन्जाउँदै म हुर्किरहेछु पुँजीपतिहरुको ओडारभित्र अन्तिम वर्गीय मुक्ति आन्दोलनमा सामेल हुने लक्ष्य सहित
जहाँ दशैँ; दशा होइन सद्भाव, सदाचार र भाईचारा उन्मुख हुनेछ
जसमा ढुंगा होइन तिम्रा सहि बिचारहरु पुजिनेछन।।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...