News Portal

  • बर्दियाकी कविता रोकायको एनआरएनए कुवेतको पहलमा उपचार हुदैँ

    हिमालीसंचार संवाददाता
    ५९७ पटक

    कुवेत सिटी – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ।

    नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन।

    नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएका बर्दियाकी बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरकाे घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता कुनै एक व्यक्ति साहारामा बस्दै आएकी छिन्। स्वास्थ्यमा केही समस्या भएकै कारणले गर्दा फेरि कुवेतीको घरमा काम गर्न नसकेको बताउने कवितालाई एनआरएनए कुवेतको सहयोगमा स्वास्थ्य चेकजाच गरि औषधिसमेत उपलब्ध गराइएको छ।

    सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि एनआरएनए कुवेत र पत्रकार महासंघमाकाे प्रतिनिधीले पिडित राेकाएलाई भेटे। नेपालबाट एकजना व्यक्तिले कुवेतमा रहेका शिव (नाम परिवर्तित)लाई फोन गरेर बिरामी बहिनीको भिडियो बनाउन लगाएपछि त्यो भिडियो नेपाल पठाइयो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। एनआरएनए कुवेतको अध्यक्ष रणध्वज लामाको पहलमा प्राइभेट अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाईएको छ। अहिले पीडित कविताको अवस्था सामान्य रहेको छ। अस्पतालमा उपचार गराउन लागेको सम्पूर्ण खर्च एनआरएनए कुवेतले सहयाेग गर्ने बताएको छ।

    अध्यक्ष लामाले उपचारपछि नेपाली दुतावास कुवेतको पहलमा नेपाल पठाउन लागेको जानकारीसमेत हिमालीसंचारसंगको कुराकानीमा बताए। नेपाल जाने तयारीमा रहेका पीडित राेकाए नेपाली एम्बेसीमा कुवेतमा केही दिन सम्पर्कमा नआएकाे र हाल सम्पर्कमा आईसकेकाे समेत दुतवासबाट जानकारी प्राप्त भयो। यता नेपाली राजदूतावास कुवेतका श्रमसहचारी हेमकुमार अधिकारीले उनको स्वदेश फर्काउने प्रक्रिया भइरहेको जानकारी दिएका छन।

    कुवेतमा (होउसमेड) घरमा काम गर्ने महिलाहरुको लागी नेपाल सरकारबाट प्रतिबन्धित भएपनि नेपालबाट विभिन्न सेटिङमा कुवेत अझैपनी आईरहेका छन्। यसरी कुवेत आएका नेपाली दिदीबहिनीहरुमा नेपालबाट कुवेत आउँदा सामान्य तालिमसमेत पाएका हुँदैनन्। नेपाली एजेन्टले पासपोर्ट बनाउनेदेखि सम्पूर्ण खर्च लाग्ने लागत तिरेर नेपाली चेलीबेटीहरुलाई खाडी पठाइरहेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...