News Portal

बर्दियाकी कविता रोकायको एनआरएनए कुवेतको पहलमा उपचार हुदैँ

हिमालीसंचार संवाददाता
६९३ पटक

कुवेत सिटी – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ।

नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन।

नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएका बर्दियाकी बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरकाे घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता कुनै एक व्यक्ति साहारामा बस्दै आएकी छिन्। स्वास्थ्यमा केही समस्या भएकै कारणले गर्दा फेरि कुवेतीको घरमा काम गर्न नसकेको बताउने कवितालाई एनआरएनए कुवेतको सहयोगमा स्वास्थ्य चेकजाच गरि औषधिसमेत उपलब्ध गराइएको छ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि एनआरएनए कुवेत र पत्रकार महासंघमाकाे प्रतिनिधीले पिडित राेकाएलाई भेटे। नेपालबाट एकजना व्यक्तिले कुवेतमा रहेका शिव (नाम परिवर्तित)लाई फोन गरेर बिरामी बहिनीको भिडियो बनाउन लगाएपछि त्यो भिडियो नेपाल पठाइयो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। एनआरएनए कुवेतको अध्यक्ष रणध्वज लामाको पहलमा प्राइभेट अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाईएको छ। अहिले पीडित कविताको अवस्था सामान्य रहेको छ। अस्पतालमा उपचार गराउन लागेको सम्पूर्ण खर्च एनआरएनए कुवेतले सहयाेग गर्ने बताएको छ।

अध्यक्ष लामाले उपचारपछि नेपाली दुतावास कुवेतको पहलमा नेपाल पठाउन लागेको जानकारीसमेत हिमालीसंचारसंगको कुराकानीमा बताए। नेपाल जाने तयारीमा रहेका पीडित राेकाए नेपाली एम्बेसीमा कुवेतमा केही दिन सम्पर्कमा नआएकाे र हाल सम्पर्कमा आईसकेकाे समेत दुतवासबाट जानकारी प्राप्त भयो। यता नेपाली राजदूतावास कुवेतका श्रमसहचारी हेमकुमार अधिकारीले उनको स्वदेश फर्काउने प्रक्रिया भइरहेको जानकारी दिएका छन।

कुवेतमा (होउसमेड) घरमा काम गर्ने महिलाहरुको लागी नेपाल सरकारबाट प्रतिबन्धित भएपनि नेपालबाट विभिन्न सेटिङमा कुवेत अझैपनी आईरहेका छन्। यसरी कुवेत आएका नेपाली दिदीबहिनीहरुमा नेपालबाट कुवेत आउँदा सामान्य तालिमसमेत पाएका हुँदैनन्। नेपाली एजेन्टले पासपोर्ट बनाउनेदेखि सम्पूर्ण खर्च लाग्ने लागत तिरेर नेपाली चेलीबेटीहरुलाई खाडी पठाइरहेका छन।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...