News Portal

बालिका जैनबका बलात्कारीलाई फाँसी, डिएनएबाट दोषी प्रमाणित

हिमाली संचार संवाददाता
५७२ पटक

पाकिस्तान : विश्वलाई स्तब्ध बनाएको पाकिस्तानकी जैनब बलात्कार काण्डमा अन्ततः दोषीले सजाय पाएका छन्। सात वर्षकी  बालिका जैनबलाई बलात्कारपछि हत्या गरेको घटनामा दोषी २४ वर्षीय इमरान अलीलाई फाँसी दिइएको हो। यो मामिलालाई पाकिस्तानले केबल ९ महिनामा कडा कारबाहीसहित टुंगो लगाएको हो।

अलीलाई लाहौरको कोट लखपत जेलमा बुधबार बिहान साढे ५ बजे फाँसीमा झुन्डाइयो।

फाँसी दिने समय मजिस्ट्रेट आदिल सरवारसहित जैनबका पिता पनि उपस्थित थिए। अलीका परिवारका केही सदस्यलाई पनि त्यो अपराधका लागि अलीलाई फाँसी दिएको दृश्य हेर्न बोलाइएको थियो।

फाँसीअघि अलीलाई उनको परिवारका सदस्यसँग भेट्न ४५ मिनेट समय दिइएको थियो।  समाचार अनुसार अलीलाई यही वर्ष जनवरी २३ मा पक्राउ गरिएको थियो।

के थियो घटना ?

अलीले अहिलेसम्म एक मात्रै होइन, नौजना बालिकालाई बलात्कारको शिकार बनाएको स्वीकार गरेका थिए।

यीमध्ये सात वर्षीया जैनब पनि थिइन्। उनको शव १ जनवरीमा एक घर नजिकै भेटिएको थियो। अलीले ती बालिकालाई उनको घर नजिकैबाट अपहरण गरेका थिए। त्यसपछि उनले जैनबलाई बलात्कार गरेर घाँटी थिची हत्या गरेका थिए।

जैनबको यो मामिला सार्वजनिक भएपछि विश्वस्तरमै आक्रोश पोखिएको थियो। डीएनए रिपोर्टबाट जैनबको बलात्कारमा अली संलग्न भएको पत्ता लागेको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...