News Portal

नेवाः गुठी मकाउद्वारा नेपाल सम्बत ११४३ भिन्तुना तथा म्ह पुजा सम्पन्न

हिमालीसंचार संवाददाता
८२४ पटक

किरणमान श्रेष्ठ/मकाउ – मकाउमा गठीत मकाउ नेवाः गुठी चीन सार मकाउद्वारा आफ्नो मौलिक भाषा, संस्कृतिलाई जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको नेवाः गुठीको आयोजनामा नेपाल सम्बत ११४३ भिन्तुना तथा म्ह पुजा गरिएको छ। 

मकाउमा गठीत गुठीका सह-कोषाध्यक्ष बद्री प्रसाद त्वायना र सचिव रबिन्द्र महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्व गुठीका थकाली अध्यक्ष अनिल श्रेष्ठ रहेका थिए। 

त्यस्तै, गैरआवसीय नेपाली संघ मकाउका कार्यवाहक अध्यक्ष तथा गुठीका वरिष्ठ सल्लाहकार रुस्थुम श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा सन्देश राजभण्डारी, बिन्दु सुनुवार राई (श्रेष्ठ),गीता श्रेष्ठ, बरुण श्रेष्ठ, किरणमान श्रेष्ठले म्ह पुजाको सम्पूर्ण व्यवस्थापन गरेका थिए। 

त्यस्तै, मञ्जु श्रेष्ठ, सञ्जु नगरकोटी, निशा गोमेज तथा पशुपति श्रेष्ठको गायन र नृत्यले कार्यक्रम रौनकता नै विशेष भएको थियो। यसरी म्ह पुजाको अलबा सांगीतक प्रस्तुति समेत रहेको गुठीका सचिव रबिन्द्र महर्जनले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...