News Portal

भारतीय विदेश राज्यमन्त्री अकबरद्वारा राजीनामा

हिमाली संचार संवाददाता
५७५ पटक

भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।उनीमाथि १५ भन्दा बढी महिलाले #MeToo अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन् । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको छु । यसैले आफ्नो पद छोड्दैछु ।’

पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिटि्वट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन् ।

त्यसपछि थुप्रै  महिलाले आरोप लगाएका छन् । यसलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो ।

तर, अफ्रिका भ्रमणबाट आइतबार स्वदेश फर्किएका अकबर आफूमाथि लागेको रोप झुटा र बनावटी भएको दाबी गरे ।उनले आफूविरुद्ध झुटा अभियोग लगाउनेहरुविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...