News Portal

एनआरएनए कुबेतद्वारा आयोजित देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न (फोटो फिचर)

हिमालीसंचार संवाददाता
३८२ पटक

कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा  भव्यरुपमा हिजाे अक्टोबर २६ तारिखमा सम्पन्न भयो।

कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिलाे नै शुरुवात भएको थियो। कुवेतमा नेपाली समाजले आयाेजना गर्ने हरेक कार्यक्रम ढिलाे नै शुरुवात हुने गर्दछ। एनआरएनए कुबेतका अध्यक्ष रनध्वज लामाकाे सभापति तथा नेपाली दुताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालको प्रमुख अथितिमा रहेको थियो।

भने विशेष अतिथिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ जनसंपर्क समिति कुबेतका महामन्त्री कृष्ण पौडेल तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका संरक्षक अर्जुन तामाङ एनआरएनए कुबेतका निवर्तमान सल्लाहकार तथा समाजसेवी शिव कोइरालाकाे सहभागिता थियो। देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रम दिप प्रज्वलन गरी नेपालको राष्ट्रियगानबाट शुरुवात थियाे भने कार्यक्रम सञ्चालन केशर घलान तामाङले गरेका थिए।

कार्यक्रम सयोजक मोहन राईले देउसी-भैलो कार्यक्रममा उपस्थिति सबैजनालाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने स्वागत नृत्य गंगा राईले गरेकी थिईन। देउसी-भैलो कार्यक्रममा शुभकामना दिनेमा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाल बिशेष अतिथिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल, नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ जनसंपर्क समिति कुबेतका महामन्त्री कृष्ण पौडेल तथा विश्व साहित्य समाजका अध्यक्ष प्रेम कटवालले शुभकामना दिएका थिए।

अतिथिहरुमा  कुवेत नेपाल संस्कृतिक मञ्चको अध्यक्ष गोविन्द बराल सराेकार समाज कुवेतका प्रतिनिधि चुडाराज क्षेत्री कल्याणकारी समाजका  अध्यक्ष सुभास श्रेष्ठ जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिरही सिन्धुपाल्चोक समाजका सल्लाहकार प्रदिप कार्की शिल्पी समाजका महिला उपाध्यक्ष तथा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि अतिथि थिए। स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको देउसी भैलो कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक रमाउँदै नाच्दै थिए।

कार्यक्रम संयोजक मोहनकुमार राईले आफ्नो प्रस्तुती दिदै कार्यक्रम हलमा उपस्थिति सम्पूर्ण दर्शकलाई फ़ेरि पनि नचाएका थिए। कार्यक्रममा स्थानीय कलाकारलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने, मिडिया प्रशंसापत्र हिमालीसंचारलाई प्रदान गरिएको थियो।

देउसी भैलो कार्यक्रममा उपस्थिति सम्पूर्ण माहानुभावलाई मिष्ठान्न भोजनको व्यवस्था समेत गरिएको थियो। कार्यक्रमको अन्तमा उपस्थिति सबैलाई एनआरएनए कुबेतका अध्यक्ष रनध्वज लामाले दिपावलीकाे शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...