कुवेत सिटी। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित तीन यात्रुलाई पक्राउ गरेको छ।
पहिलो यात्रुले एसियाली देशबाट आएका यात्रुको झोलामा रहेको मासुभित्र गाँजा हालेका थिए, सोही उडानमा दोस्रो यात्रुले पर्सभित्र रहेको पैसाको नोटमा गाँजा बेरेका थिए।
जबकि तेस्रो यात्रुले आफ्नो ट्राउजरको खल्तीमा रहेको टिस्यु पेपर भित्र गाँजा र यसको बीउ बेरेर राखेका थिए। तीनै जना अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।