आज : २०२६-०६-१४, आइतबार

कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

कुवेत सिटी। गत शनिवार अक्टोबर २२ तारिखका दिन कुवेतमा ४३ बर्षिय एक जना नेपाली नागरिकले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समयदेखि कार्यरत एकनाथ कोइराला हुन।

मृतक कोइरालाका घरमा श्रीमति र दुई छोरीहरु छन भने, मृतकको शब कम्पनिकै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको बताइएको छ भने, मृतकको शवलाई नेपाल पठाउन कुवेतस्थित नेपाली राजदुताबासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सम्पुर्ण कागजी प्रकृया भैइरहेको जानकारी गराउदै कानुनि प्रकिया पुरा भए पश्चात छिटै उनको शव नेपाल पठाउने हिमालीसंचारलाई जानकारी दिए।