News Portal

एनआरएनए कुवेतको आयोजनमा २६ अक्टोबरमा देउसी-भैलो कार्यक्रम हुने

हिमालीसंचार संवाददाता
४१९ पटक

कुवेत – नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनमा देउसी-भैलो कार्यक्रम हुने भएको छ ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २६ अक्टोबर २०२२ का दिन कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कुवेतमा कृयाशील विभिन्न नेपाली संघ-संस्थाहरुद्वारा सामुहिक देउसी-भैलो साथै स्थानीय नेपाली कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति हुने एनआरएनए कुवेतले जानकारी दिएको छ ।

प्रवासमा पनि नेपाली रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जगेर्ना गर्नुको साथै मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने उदेश्यले देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइ दिन पनि सम्बन्धित सबैमा आयोजकले अनुरोध गरेको छ ।

कुवेतमा कृयाशिल विभिन्न संघ – सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलादमी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम

कार्यक्रम: “देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम”

मिति: २६-अक्टोबर, २०२२(बुधबार)

समय: अपरान्ह ४ बजे देखि १२ बजे सम्म

स्थान: मेमोरी हल, मङ्गाफ ब्लक-४, स्टृट-२४

 

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...