News Portal

मेयर हर्क साम्पाङको अभियानमा संकलित रकमको सम्पूर्ण विवरण सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८६ पटक

धरान – धरानमा संचालन भइरहेका श्रमदान अभियानमा विश्वभरबाट नेपाली समुदायहरुले धरानका खानेपानी व्याबस्थापनका लागि आर्थिक सहयोग गर्नुहुने दाताहरुबाट संकलित रकमको अहिलेसम्मको सम्पूर्ण आर्थिक विवरण धरान-१४ स्थित भालुखोला दोभानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

धरानका मेयर हर्क साम्पाङको अभियानमा धरानको खानेपानी व्यावस्थापनका लागि विश्वभरबाट नेपाली समुदायहरुबाट आर्थिक सहयोग संकलन भइरहेको छ। हाल मेयर साम्पाङले तेस्रो परियोजना अन्तरगत धरान -१४ को भालुखोला मुहानबाट धरान -१५ का लागि खानेपानीको तेस्रो परियोजना धमाधम श्रमदान मार्फत नै संचालन गरिरहेका छन्। उक्त स्थानबाट हालसम्मको आर्थिक विवरण सचेत धराने समुहका सचिव तथा प्रबक्ता राम लिम्बु र स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष दिनेश राईद्वारा श्रमदानस्थल भालुखोला दोभानबाट संयुक्त रुपमा जानकारी दिए । 

असोज २८ गतेसम्मको पुरानो मौजात रकम २८ लाख ४७ हजार ३ सय ९८ रुपैया रहेको थियो भने २६ गतेबाट अहिलेसम्मको १ लाख ६६ हजार संकलन भएको जानकारी समेत धराने समुहका प्रबक्ता लिम्बुले जानकारी दिए । त्यस्तै, हालसम्म कुल मौजात ३० लाख १३ हजार ३ सय ९८ रुपैया रहेको प्रबक्ता लिम्बुले जानकारी दिए। 

त्यस्तै,  पाइप, सिमेन्ट, रड र खाजा पानी लगायतमा ११ लाख ४७ हजार ६ सय ७८ रुपैया खर्च भएको छ।  कुल मौजात ३० लाख १३ हजार ३ सय ९८ रुपैयाबाट खर्च कटौती गरी हालसम्म  कुल बाकी मौजात १८ लाख ६५ हजार ७ सय २० रुपैया रहेको समेत सचेत धराने समुहका प्रबक्ता राम लिम्बुले जानकारी गराए। 

त्यस्तै, श्रमदान अभियानको शुरुवाती चरणदेखि अहिलेसम्मका सम्पूर्ण खर्चका विवरणका विलहरु सुरक्षित रहेको बताएका उपाध्यक्ष राईले श्रमदान अभियानमा खाजापानी लगायतमा जिन्सी, खाधबस्तु सहयोग गर्नु हुने महानुभावहरुको समेत सम्पूर्ण विवरण अभिलेख गरिएको कारण सुरक्षित रहेको जानाकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...