News Portal

भैरहवाबाट कुवेत जाने यात्रु नपाएपछि जजिराले कटौती गर्‍यो उडान

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौं। जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ। पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो।

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो। अब जजिराले हप्तामा सातै दिन उडान नगर्ने, तत्काललाई दिन बिराएर उडान गर्ने गरी उडान तालिका समायोजन गरेको छ। जजिराले हप्तामा ३ उडान गर्दै आएकाेमा १६  सेम्टेम्बरदेखि दैनिक उडान गर्न थालेको थियो।

जजिराले सात दिन नै उडान गर्ने तालिक रद्ध गरिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

नेपालबाट कुवेतका लागि उड्ने यात्रु कम भएकाले यात्रुको उपलब्धताका आधारमा उडान संख्या घटाउने जानकारी गराएको छ। ‘विदेश उड्ने यात्रु कम भएकाले यस्तो अवस्था आएको हो,’ प्रवक्ता भुलको दाबी छ,’भिसा स्ट्याम्पिङ, मेडिकल र नयाँ श्रम स्वीकृति दिने काम भैरवहाबाट नभएकाले यस्तो अवस्था आएको हो।’

भुलका अनुसार यात्रु पाएका सात दिन नै उडान गर्न जजिरा तयार छ। गौबतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा जजिराले उडान कटौती गरेपनि विमानस्थल नियमित सेवमा रहने बताउँछन्। आफूहरु अन्य एयरलाइन्सले पनि विमानस्थलमा उडान थाल्ने प्रतिक्षामा रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...