News Portal

भैरहवाबाट कुवेत जाने यात्रु नपाएपछि जजिराले कटौती गर्‍यो उडान

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौं। जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ। पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो।

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो। अब जजिराले हप्तामा सातै दिन उडान नगर्ने, तत्काललाई दिन बिराएर उडान गर्ने गरी उडान तालिका समायोजन गरेको छ। जजिराले हप्तामा ३ उडान गर्दै आएकाेमा १६  सेम्टेम्बरदेखि दैनिक उडान गर्न थालेको थियो।

जजिराले सात दिन नै उडान गर्ने तालिक रद्ध गरिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

नेपालबाट कुवेतका लागि उड्ने यात्रु कम भएकाले यात्रुको उपलब्धताका आधारमा उडान संख्या घटाउने जानकारी गराएको छ। ‘विदेश उड्ने यात्रु कम भएकाले यस्तो अवस्था आएको हो,’ प्रवक्ता भुलको दाबी छ,’भिसा स्ट्याम्पिङ, मेडिकल र नयाँ श्रम स्वीकृति दिने काम भैरवहाबाट नभएकाले यस्तो अवस्था आएको हो।’

भुलका अनुसार यात्रु पाएका सात दिन नै उडान गर्न जजिरा तयार छ। गौबतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा जजिराले उडान कटौती गरेपनि विमानस्थल नियमित सेवमा रहने बताउँछन्। आफूहरु अन्य एयरलाइन्सले पनि विमानस्थलमा उडान थाल्ने प्रतिक्षामा रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...