News Portal

उपचुनावमा इमरान खानको कीर्तिमानी जित

हिमालीसंचार संवाददाता
३३० पटक

इस्लामाबाद। पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन्। नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो।

उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६ सिटमा जित हात पारेको छ। पाकिस्तान पिपल्स पार्टी (पीपीपी)ले दुई सिट जितेको छ।

पीटीआईका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री इमरान खान आफैं नेशनल असेम्बलीको ७ क्षेत्रमा उम्मेदवार थिए। आफ्नो पछिल्लो रेकर्ड तोड्दै उनी ६ मा विजयी भए। २०१८ को आम चुनावमा उनले नेशनल असेम्बलीको ५ सिटमा चुनाव जितेर रेकर्ड बनाएका थिए।

शाह महमूद कुरैशीकी छोरी मेहन बानो कुरैशीले मुल्तान सिटमा प्रतिस्पर्धा गरेकी थिइन्। तर पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीसँग पराजित भएका छन्।

पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ।

चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक स्पेश बनाउने विश्लेषण भइरहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...