News Portal

मोबाइल हरायो भने अनलाइनबाट यसरी ट्र्याक गर्न सकिन्छ !

हिमालीसंचार संवाददाता
५०७ पटक

काठमाडौं। अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ। यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा ब्लक गर्न अनुरोध गर्न सक्छन्।

पछिल्लो समय दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागू गरेसँगै मोबाइल डिभाइस ट्रयाकिङ सिस्टम प्रभावकारी बनाएको छ। यस अन्तर्गत प्राधिकरणले एमडीएमएसमा दर्ता भएका जुनसुकै फोन हराए अनलाइन फारम भर्न मिल्ने व्यवस्था ल्याएकाे छ।

फोन हराएपछि भेटिने सम्भावना धेरै हुन्छ। तर, त्यसका लागि तपाईँसँग उक्त फोको आईएमईआई, ईएसन वा, एमईआईडी नम्बर (*#०६# डायल गर्दा यी नम्बर देख्न सकिन्छ) सुरक्षितसँग राख्नुपर्ने हुन्छ। हराएको फोन रिपोर्ट गर्नुपर्‍यो भने यहाँ क्लिक गरेर गरेर दूरसञ्चार प्राधिकरणको हराएको फोन रिपोर्ट गर्ने पेजमा जानुहोस्।

त्यसपछि सबैभन्दा माथि लस्ट डेट (Lost Date) भएको ठाउँमा फोन हराएको मिति राख्नुहोस्।

त्यसपछि तल लस्ट लोकेसन (Lost Location) भएको अप्सनमा हराएको ठाउँ उल्लेख गर्नुहोस्।

त्यसपछि आईएईआई, ईएसएन, एमईआईडी (IMEI, ESN, MEID) नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। (याद गर्नुहोस् विभिन्न नम्बर उल्लेख गर्दा (;) चिन्ह प्रयोग गर्नुहोस् ।)

त्यसपछि त्यसभन्दा तल रहेको अप्सनमा हराएको फोनमा प्रयोग भएको मोबाइल नम्बर टाइप गर्नुहोस्। (यदि उक्त फोनमा सिम छैन भने त्यसको तल रहेको चेक्ड हियर, ईफ लस्ट डिभाइस ह्याज नो सिम (Checked Here, If lost phone has no sim) मा टिक लगाउनुहोस्।)

त्यसपछि एप्लिकेन्ट नेम (Applicant Name) भएको ठाउँमा निवेदकको नाम उल्लेख गर्नुहोस्।

त्यसको तल आईडी नम्बरको अप्सन रहेको हुन्छ। त्यहाँ गएर आफू (निवेदक)सँग भएको कुनै पनि परिचयपत्र जस्तै नागरिकता नम्बर वा, अन्य परिचयपत्रको नम्बर उल्लेख गर्नुहोस्।

त्यसपछि कन्ट्याक्ट नम्बर (Contact Number) भएको ठाउँमा आफूसँग भएको सम्पर्क नम्बर राख्नुहोस्।

त्यसपछि अट्याचमेन्ट अफ सिटिजनशिप अर अदर आईडी कार्ड वा पासपोर्ट वा भिजा (Attachment of citizenship of Other ID card or Passport or Visa) भन्ने अप्सनमा उल्लेख गरिएका कुनै पनि एक परिचयपत्रको पीडिएफ फाइल उल्लेख गर्नुहोस्। (याद गर्नुहोस् उक्त परिचयपत्रको साइज ५०० केबीभन्दा कमको हुनुपर्छ।)

त्यसपछि अन्तिममा रहेको इमेल सेक्सनमा गएर आफ्नो ईमेल कन्ट्याक्ट राख्नुहोस्।

आफूले अन्य डिभाइसमा प्रयोग गरेको वा, भनौँ सक्रिय ईमेल एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ। प्राधिकरणबाट उक्त फोनबारे कुनै पनि जानकारी उक्त ईमेल र फोन नम्बरमा पठाइने भएकाले भरसक आफूले नयाँ डिभाइसमा प्रयोग गरिरहेको ईमेल वा, फोन नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...