News Portal

मेयर साम्पाङलाई शिवझट्टा जान अवरोध, उपभोक्ताहरुबीच भयो यस्तो सहमति (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१६ पटक

धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्।

मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३ मा भेला भएर धरान -४ शिवझट्टाको मुहानबाट धरान-१५ का लागि जनश्रमदान मार्फत खानेपानी ल्याउने अभियानको शुरुवात गर्न लागेका थिए। धरान वडा नं. ४, १३ र १४ का स्थानीय उपभोक्ता समितिका सदस्यहरुले धरान -१३ स्थित बेसक्याम्प पेट्रोल पम्प छेउमा अवरोध गरे। शिवझट्टा कालिमाटी परिसरको मुहानबाट खानेपानी अन्यत्र लैजादा स्थानीयहरुलाई खानेपानीको अभाव हुने भन्दै उपभोत्ता समितिका सदस्यहरुले विरोध गरेका थिए। 

स्थानीय र उपभोक्ता समितिका सदस्यहरुको अवरोधपछि वडा नं. ४ का वडाध्यक्ष धनकुमार राई सहित उपोभोक्ता समितिका सदस्यहरुलाई मेयर साम्पाङले आफ्नो कार्यकक्षमा छलफलका लागि आउन आग्रह गरेपछि भालु खोलाको मुहानबाट धरान -१५ का लागि खानेपानी लाने सहमति गरिएको छ।

आज भएको सहमति अनुसार धरान वडा नं. ४ स्थित भालु खोलाको मुहानबाट धरान १५ का लागि खानेपानी लैजाने सहमति भएको हो। स्थानीय उपभोक्ता सदस्यहरु समेत उक्त श्रमदान कार्यक्रममा जुट्ने सहमति गरिएको वडा नं. ४ का वडाध्यक्ष धनकुमार राईले बताए । त्यस्तै खानेपानीका लागि लैजादै गरिएका आवश्यक दुई ट्याक्टर सामाग्रीहरु धरान १३ स्थित पेट्रोल पम्प पिरसरमा राखिएको छ।

भिडियो यहा हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...