News Portal

  • संसारकै उचाइमा रहेको एटीएम मेसिन: बिजुलीबिनै चल्छ, रकमको अभाव कहिल्यै हुँदैन

    हिमालीसंचार संवाददाता
    ३२३ पटक

    एजेन्सी। अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन्। ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन्।

    बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम मेसिनहरु केवल शहरमा मात्र सीमित छैनन्, गाउँगाउँ तथा पहाडसमेत चढिसकेका छन्। ४ हजार ६९३ मिटर उचाइँमा रहेको एउटा एटीएम मेसिन अहिले चर्चाको विषय बनिरहेको छ।

    अनौठो त के भने त्यो ठाउँमा बिजुलीको व्यवस्था छैन, तरपनि एटीएम मेसिन चलिरहेको हुन्छ। बरु सहरका एटीएम मेसिनमा बेला बेलामा नगद सकिएको हुन्छ र ग्राहकहरु रित्तै फर्किनुपर्दछ। तर यो एटीएम मेसिनमा कहिल्यैपनि नगद रित्तिएको हुँदैन। यो एटीएम मेसिन संसारको सबैभन्दा अग्लो भागमा रहेको एटीएम हो।

    यो किर्तिमानी एटीएम चीन र पाकिस्तानको सीमामा रहेको खुन्जेरब भन्ज्याङमा रहेको छ। पाकिस्तानको हिउँले ढाकिएको पहाडी क्षेत्र गिलगिट बाल्टिस्तानमा रहेको खुन्जेरब पासमा नेसनल बैंक अफ पार्कितानले सन् २०१६ मा उक्त एटीएम स्थापना गरेको हो। उक्त पहाडी क्षेत्रमा बिजुलीको लाइन पनि छैन। त्यसैले यो एटीएम वायु तथा सौर्यउर्जाबाट चल्दछ।

    यो एटीएम मेसिनको मर्मतमा बैंकले कुनै कसर बाँकी राख्दैन। यसको सबैभन्दा नजिकको बैंकको शाखा ८२ किलोमिटर टाढा छ। त्यहाँबाट कर्मचारीहरु यो एटीएममा पैसा भर्नका लागि आइरहन्छन्। यो एटीएमसम्म पुग्नका लागि तीव्र बतास, आँधी, हिमपहिरो तथा कठीन पहाडी मार्ग छिचोल्नु पर्दछ।

    गिनिज बुकमा नाम लेखाएको यो एटीएम कार्ड पाकिस्तानी बैंकले कुनै रमाइलो तथा लडहबाजीमा नाम राख्नमात्र बनाएको होइन। पाकिस्तानी सीमा सुरक्षा फौजका राष्ट्रसेवकहरुले आफ्नो तलब त्यहीँ एटीएमबाट निकाल्दछन्। सुरक्षा फौजका अतिरिक्त केही स्थानीय मानिसहरुले पनि उक्त एटीएम मेसिनको फाइदा लिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...