News Portal

संसारकै उचाइमा रहेको एटीएम मेसिन: बिजुलीबिनै चल्छ, रकमको अभाव कहिल्यै हुँदैन

हिमालीसंचार संवाददाता
५०० पटक

एजेन्सी। अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन्। ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन्।

बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम मेसिनहरु केवल शहरमा मात्र सीमित छैनन्, गाउँगाउँ तथा पहाडसमेत चढिसकेका छन्। ४ हजार ६९३ मिटर उचाइँमा रहेको एउटा एटीएम मेसिन अहिले चर्चाको विषय बनिरहेको छ।

अनौठो त के भने त्यो ठाउँमा बिजुलीको व्यवस्था छैन, तरपनि एटीएम मेसिन चलिरहेको हुन्छ। बरु सहरका एटीएम मेसिनमा बेला बेलामा नगद सकिएको हुन्छ र ग्राहकहरु रित्तै फर्किनुपर्दछ। तर यो एटीएम मेसिनमा कहिल्यैपनि नगद रित्तिएको हुँदैन। यो एटीएम मेसिन संसारको सबैभन्दा अग्लो भागमा रहेको एटीएम हो।

यो किर्तिमानी एटीएम चीन र पाकिस्तानको सीमामा रहेको खुन्जेरब भन्ज्याङमा रहेको छ। पाकिस्तानको हिउँले ढाकिएको पहाडी क्षेत्र गिलगिट बाल्टिस्तानमा रहेको खुन्जेरब पासमा नेसनल बैंक अफ पार्कितानले सन् २०१६ मा उक्त एटीएम स्थापना गरेको हो। उक्त पहाडी क्षेत्रमा बिजुलीको लाइन पनि छैन। त्यसैले यो एटीएम वायु तथा सौर्यउर्जाबाट चल्दछ।

यो एटीएम मेसिनको मर्मतमा बैंकले कुनै कसर बाँकी राख्दैन। यसको सबैभन्दा नजिकको बैंकको शाखा ८२ किलोमिटर टाढा छ। त्यहाँबाट कर्मचारीहरु यो एटीएममा पैसा भर्नका लागि आइरहन्छन्। यो एटीएमसम्म पुग्नका लागि तीव्र बतास, आँधी, हिमपहिरो तथा कठीन पहाडी मार्ग छिचोल्नु पर्दछ।

गिनिज बुकमा नाम लेखाएको यो एटीएम कार्ड पाकिस्तानी बैंकले कुनै रमाइलो तथा लडहबाजीमा नाम राख्नमात्र बनाएको होइन। पाकिस्तानी सीमा सुरक्षा फौजका राष्ट्रसेवकहरुले आफ्नो तलब त्यहीँ एटीएमबाट निकाल्दछन्। सुरक्षा फौजका अतिरिक्त केही स्थानीय मानिसहरुले पनि उक्त एटीएम मेसिनको फाइदा लिएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...