News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नातिनी विष्णुको स्याहारले १०१ बर्षीय शिवलाल बाजे हर्षित

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारले अझै बाँच्ने वातावरण पाउनुभएको छ ।

    रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिहरु मध्यो पर्नुहुन्छ। परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आएकी नातिनी विष्णु पुन मगर सथै बाजेको स्याहारमा तल्लिन हुन्छिन् ।

    पाको उमेरले १०१ वर्षीय वृद्ध बाजे शिथिल भइसक्नु भएको छ । शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर, परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारीरिकपले मात्रै होइन मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन्। 

    बृद्ध शिवलाल पुन मगरको हकमा भने यस्तो छैन । उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरु मगाइदिने गर्थे । 

    नातिनीले घरका अन्य सदस्यलाई अरु काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउनुहुन्थ्यो । परिवारका सदस्यले पनि सोहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो भएर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरु सिकाउने, आफन्त, इष्टमित्रहरूको खैखबर बुझ्ने लगायतका कुराहरू गर्नुहुन्छ ।

    बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थाल्नुभएको छ ।

    उनकी नातिनी विगत १५ वर्षदेखि इजरायलमा बस्दै आउनुभएकी विष्णु इजरायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ । गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उहाँ गाउँका लागि सूर्य जस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् । 

    युवाअवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उहाँलाई भेट्न आउनेहरुको भीड नै लाग्ने गर्छ । उनी १०० वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवानको रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उहाँहरुले आफ्नो जीवनकालमा गरेका कामहरु समाजका लागि अनुकरणीय हुने गर्दछन् । 

    बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक हुनुहुन्छ । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उहाँहरुलाई कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउनुहुन्छ । आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आउनुभएको छ ।

    शिवलालका एक छोरा र दुई छोरी हुनुहुन्छ । छोरीहरु विवाह गरेर आआफ्नो कर्मघरमा हुनुहुन्छ भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्नुहुन्छ । शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उहाँको रेखदेखमा खटिने गर्नुहुन्छ ।

    बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउनुहुन्छ । उहाँलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आउनुभएको छ । बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ। उहाँले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उहाँहरुलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ । रासस 

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...