News Portal

दशैं आयो, हुने खानेलाई : दुर्गा श्रेष्ठ

हिमालीसंचार संवाददाता
३९३ पटक

दशैं आयो हुने खानेलाई माला माल उस्तै छ ।
गरिबलाई कसरी बाँच्ने बचाँउने सवाल उस्तै छ।

बाध्यताले परदेश रोज्यो, चाडमा स्वदेश सम्झ्यो,
चसक्क हुन्छ मन, साहुको ऋणको पर्खाल उस्तै छ।

अर्को वर्ष दशैं मनाउँला आमा भन्छ परदेशी ,
थपिँदो कर्तव्य, जिम्मेवारी हरेक साल उस्तै छ ।

पार्टी प्रवेश गरे मात्र राहत पाउछ एउटा पिडितले,
चर्चा केन्द्रित समाजसेवा पीडितको हाल उस्तै छ ।

आफ्नो हैसियत हेर्दै चाडवाड मनाउनुस् महोदय,
नविर्सनुस् दसैँको भोलिपल्ट अनिकाल उस्तै छ ।

दुर्गा श्रेष्ठ
जुगल गाउँपालिका-६, हाप्रा

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...