News Portal

दशैं आयो, हुने खानेलाई : दुर्गा श्रेष्ठ

हिमालीसंचार संवाददाता
४२३ पटक

दशैं आयो हुने खानेलाई माला माल उस्तै छ ।
गरिबलाई कसरी बाँच्ने बचाँउने सवाल उस्तै छ।

बाध्यताले परदेश रोज्यो, चाडमा स्वदेश सम्झ्यो,
चसक्क हुन्छ मन, साहुको ऋणको पर्खाल उस्तै छ।

अर्को वर्ष दशैं मनाउँला आमा भन्छ परदेशी ,
थपिँदो कर्तव्य, जिम्मेवारी हरेक साल उस्तै छ ।

पार्टी प्रवेश गरे मात्र राहत पाउछ एउटा पिडितले,
चर्चा केन्द्रित समाजसेवा पीडितको हाल उस्तै छ ।

आफ्नो हैसियत हेर्दै चाडवाड मनाउनुस् महोदय,
नविर्सनुस् दसैँको भोलिपल्ट अनिकाल उस्तै छ ।

दुर्गा श्रेष्ठ
जुगल गाउँपालिका-६, हाप्रा

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...