News Portal

  • कुवेतमा स्वर्गीय पत्रकार माधव शाहीकाे प्रथम स्मृति दिवस मनाइयो

    हिमालीसंचार संवाददाता
    ३३७ पटक

    कुवेत सिटी – नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको  पुण्य तिथिमा श्रद्धाञ्जलि सभा मनाइएको हो। कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका शाहीको गत वर्ष मृत्यु भएको थियो।

    रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत साल हृदयघातको कारण मृत्यु भएको थियो। उनको आत्माको चिर शान्तिको कामना गर्दै नेपाली जनसंपर्क समिति कुवेतले हिजो श्रध्दाञ्जली सभा कार्यक्रमको आयोजना गरेकाे हो।

    नेपाली दुतावास कुवेत, नेपाल पत्रकार महासंघ कुवेत र कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधीको उपस्थिति थियो।

    समितिको सभापति राजेन्द्र बिराहीको सभापतित्वमा प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदुत दुर्गाप्रसाद भण्डारीकाे प्रमुख आथित्यमा रहेको थियो भने बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका आईसीसी सदस्य हरि लावती, नेपाल पत्रकार माहासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल तथा कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो।

    श्रद्धाञ्जली सभाको कार्यक्रम सञ्चालन नेपाली जनसंपर्क समिति कुवेतका महामन्त्री केशर घलान तामाङले गरेका थिए भने, श्रद्धाञ्जलि सभामा उपस्थित सबै महानुभावहरुलाई स्वागत मन्तव्य स्वयं केशर घलान तामाङले दिएका थिए। श्रद्धाञ्जली सभा, राष्ट्रिय गानबाट शुरुवात गरि स्वर्गीय पत्रकार माधव शाहीको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।

    उक्त श्रद्धाञ्जली सभालाई नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घ कुवेतका उपाध्यक्ष राज मल्ल र कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए।

    श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा स्वर्गीय पत्रकार शाहीको दाजू इरन्दर शाहीले शोकसभामा भावुक हुँदै स्वर्गीय माधव शाहीकाे बारेमा सम्बोधन गरे।

    श्रद्धाञ्जली सभाकाे अन्तमा नेपाली जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिराहीले अाफनो भनाई राख्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सार्क क्षेत्रमै चौथो स्थानमा नेपाल: १ लाख १५ हजारभन्दा बढी यौनकर्मी

    काठमाडौं – विश्व एड्सविरुद्धको दिवस–२०२५ का अवसरमा सार्कको एचआईभी–एड्स केन्द्र, काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा...

    एनआरएनए एउटा संगठनको उदय, उत्थान, पतन र पुनःएकताको कथन

    कुवेत – गैरआवासीय नेपाली संघ एनआरएनए,नेपाली प्रवासीहरूको अन्तर्राष्ट्रिय पहिचान, सामूहिक आवाज र असल उद्देश्य लिएर जन्मिएको...

    अनियन्त्रित सामाजिक सञ्जाल: नेपालको राजनीति, समाज र राष्ट्रहितमाथि बढ्दो अदृश्य युद्ध

    काठमाडौं -नेपाल आज एउटा अनौठो मोडमा उभिएको छ ,जहाँ लोकतन्त्रका नाममा खुला छाडिएका सामाजिक संजालहरू...

    सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

    पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा...

    गुरुङको टिप्पणी: संविधान कमजोर पार्न विदेशी शक्ति सक्रिय

    काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल...