News Portal

कुवेतमा स्वर्गीय पत्रकार माधव शाहीकाे प्रथम स्मृति दिवस मनाइयो

हिमालीसंचार संवाददाता
४१० पटक

कुवेत सिटी – नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको  पुण्य तिथिमा श्रद्धाञ्जलि सभा मनाइएको हो। कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका शाहीको गत वर्ष मृत्यु भएको थियो।

रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत साल हृदयघातको कारण मृत्यु भएको थियो। उनको आत्माको चिर शान्तिको कामना गर्दै नेपाली जनसंपर्क समिति कुवेतले हिजो श्रध्दाञ्जली सभा कार्यक्रमको आयोजना गरेकाे हो।

नेपाली दुतावास कुवेत, नेपाल पत्रकार महासंघ कुवेत र कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधीको उपस्थिति थियो।

समितिको सभापति राजेन्द्र बिराहीको सभापतित्वमा प्रमुख अतिथि नेपाली दुताबास कुवेतका राजदुत दुर्गाप्रसाद भण्डारीकाे प्रमुख आथित्यमा रहेको थियो भने बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका आईसीसी सदस्य हरि लावती, नेपाल पत्रकार माहासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल तथा कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो।

श्रद्धाञ्जली सभाको कार्यक्रम सञ्चालन नेपाली जनसंपर्क समिति कुवेतका महामन्त्री केशर घलान तामाङले गरेका थिए भने, श्रद्धाञ्जलि सभामा उपस्थित सबै महानुभावहरुलाई स्वागत मन्तव्य स्वयं केशर घलान तामाङले दिएका थिए। श्रद्धाञ्जली सभा, राष्ट्रिय गानबाट शुरुवात गरि स्वर्गीय पत्रकार माधव शाहीको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।

उक्त श्रद्धाञ्जली सभालाई नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घ कुवेतका उपाध्यक्ष राज मल्ल र कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा स्वर्गीय पत्रकार शाहीको दाजू इरन्दर शाहीले शोकसभामा भावुक हुँदै स्वर्गीय माधव शाहीकाे बारेमा सम्बोधन गरे।

श्रद्धाञ्जली सभाकाे अन्तमा नेपाली जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिराहीले अाफनो भनाई राख्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...