News Portal

आजबाट देशभरको मेजर स्टेशनमा ‘जय भोले’, ‘छक्का पन्जा ३’ लाई सकस

हिमाली संचार संवाददाता
९०४ पटक

काठमाडौं –बडा दशैंको अबसर पारेर आज मंगलबारबाट चलचित्र ‘जय भोले’ प्रदर्शनमा आएको छ । प्रत्येक शुक्रबार नयाँ चलचित्र रिलिजको परम्परा भएपनि आज बिषेश दिन पारेर ‘जय भोले’ रिलिजमा आएको हो ।

यद्यपी यो चलचित्रले देशभरको चलचित्र भवनमा सिंगल रिलिजको अवसर भने पाएने छैन । घटस्थापनको अवसर पारेर गतहप्ता रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले  केही स्टेशन कम्बा गर्ने देखिएको छ । राम्रो ब्यवसाय गरिरहेको यो चलचित्रले ‘जय भोले’का लागि भने मेजर स्टेशन छोड्ने छ ।

‘जय भोले’ र ‘छक्का पन्जा ३’ एकसाथ जुध्ने भएपछि यी दुबैका निर्माता असोक शर्मा र दिपकराज गिरीले आपसी सम्झौतामा रिलिजको तारतम्य मिलाएका थिए । जसमा ‘छक्का पन्जा ३’ घटस्थापनामा आउने ‘जय भोले’ फुलपातीमा रिलिज गर्ने तय गरिएको थियो ।

फुलपातीमा रिलिज भएको ‘जय भोले’लाई ब्यवसाय भएपनि नभएपनि ‘छक्का पन्जा ३’ले मेजर स्टेशन छोड्ने दुई निर्माता बिच सम्झौता छ । सोही कारणले पनि ब्यवसाय हुँदाहँुदै पनि आज कतिपय हलबाट चलचित्र ‘छक्का पन्जा ३’ हटाइएको छ ।

‘जय भोले’
‘जय भोले’ मुलुकका १२५ चलचित्र भवनमा लाग्ने निर्माता असोक शर्माले बताए । चलचित्र प्रदर्शनबारे उनले भने,‘केही हलमा हाम्रो शो बाँढिने भएको छ ।

तर धेरैजसो चलचित्र घरमा ‘जय भोले’ एकल रुपमा रिलिज हुँदैछ ।’ हल सञ्चालकहरुको सल्लाह अनुसार नै आफुले यो चलचित्र आजबाट रिलिज गरेको उनले खुलाए । हाँस्यप्रधान भनिएको यो चलचित्र दुई साथीबीचको सम्बन्धमा आधारित रहेको पनि निर्देशक शर्माको भनाई रहेको छ ।

‘खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा केही कुरा विशेष रहेको छ । मलाई र कलाकारलाई बिश्वास गर्नुस््’ अशोकले दर्शकलाई भने ।
खगेन्द्रको अलवा सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक अशोक शर्मा सहितको अभिनय चलचित्रमा छ ।

झापा आसपासको क्षेत्रमा छायाँकन गरिएका चलचित्र पुरुषोत्तम प्रधानले खिचेको हुन् । जसमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।

‘छक्का पञ्जा ३’
यो बर्षकै प्रतिक्षित चलचित्र हो ‘छक्का पञ्जा ३’ । घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको यो चलचित्रले राम्रो दर्शक पाइरहेको छ ।
‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । समिक्षकले यो चलचित्र अन्य सिरिज भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
प्रदर्शनको केही दिन हाउसफुलको ब्यवसाय गरेको यो चलचित्रले अहिलेसम्म लगानी सुरक्षित गर्न सफल भैसकेको छ ।
दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाईलगायतको मुख्य भुमिका रहेको छ, भने अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । सरकारी बिद्यालय र प्राइभेट बिद्यालयको बिषय चलचित्रले उठाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...