News Portal

मोरङको सुनवर्सीमा एक युवक मृत भेटिए, अनुसन्धान हुदैँ

हिमालीसंचार संवाददाता
४७७ पटक

रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ४ बटरवारी घर भएका २५ बर्षीय असोककुमार यादव मृत फेला परेका छन्। उनको हत्या हुन सक्ने भन्दै प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान अघि बढाएको छ। 

उनी बिगत ५ बर्षदेखि सामान्य धामीझाँक्री गर्दे हिडने गरेको स्थानीय बताउछन्। यादवको शुक्रबार राति ६ बजे झपरतल जाने भनेर घरबाट हिडेको समेत स्थाीयले बताए। उनको हत्या हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानकै लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ। घटनाको सत्य तथ्य छानविनका लागि प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

मृतकले प्रदेश १-०२-०४४प ३२ ६१ नम्बरको मोटरसाइकलमा सवार रहेको प्रहरीले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...