News Portal

कर्णालीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका अझै भेटिएनन्

हिमाली संचार संवाददाता
५८३ पटक

कैलाली : सोमबार साँझ डुंगा दुर्घटनामा बेपत्ता भएकोहरुको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । कैलालीको मोहन्याल गाउँपालिका-७ पितमारीमा रहेको कर्णाली  नदीमा डुंगा पल्टदा पाँच मध्ये दुईजना बेपत्ता भएका थिए भने तीनजना पौडिएर बाँचेका छन् । उनीहरु दशैं दिवा मनाउन कर्णाली नदी किनारमा पुगेका थिए ।

वेपत्ता हुनेहरुमा जोशीपुर गाउँपालिका-६ का २३ वर्षीय पुरुषोत्तम चौधरी, सोही गाउँपालिका २ का २२ वर्षीय समिर बडेला रहेको प्रहरीले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिका वौनियाका दुसान्त हमाल (३२ वर्ष), चक्र विडारी (२२) र डुंगा चालक मोहन्याल गाउँपालिका ७ का प्रकाश विष्ट भने पौडिएर बाँचेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीका अनुसार उनीहरु चढेको डुंगा अनियन्त्रित भइ पल्टिएको थियो ।

वेपत्ताको खोजीका लागि स्थानीय गोताखोर, टीकापुरबाट गएको सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय चिसापानीको टिम र आफन्तहरु विहानैदेखि खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । पानी अत्याधिक चिसो भएका कारण गोताखोरहरु डुंगा दुर्घटामा भएको स्थानमा पानी मुनी जान सकिरहेका छैनन् । घाम लागेपछि मात्रै पानी भित्र गएर खोज्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...