News Portal

  • लघुबिमा कम्पनीका लागि पछिल्लो समय आकर्षण बढ्यो

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    काठमाडौं – अन्तिम दिन बिहीवार लघुविमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै विमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन्। विमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी ३१ लघुबिमा कम्पनीले आवेदन दिएको विमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

    उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुविमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले मात्र आवेदन दिएकोमा अन्तिम दिन विहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका हुन् ।

    विमा समितिले २० भदौमा ७ वटा लघुविमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो। समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेनसका लागि आवेदन आह्वान गरेको थियो। यो समाचार आजको कारोबार दैनिकले लेखेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अन्तत: दण्डहीनताले निरन्तर्ता पाई नै रहने हो त ?

    – कमला थापा २०८२ असोज २३ गते। भ्रष्टाचार, अनियमितता, अन्याय र दण्डहिनता बिरुद्ध भएको Gen...

    आज २०८२ साल असोज २३ गतेको राशिफल

    आज असोज २३, २०८२ (अक्टोबर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...