News Portal

चर्चित गायक प्रमोद खरेल र मेचु धिमाललाई कुवेतको अन्तरराष्ट्रिय विमानस्थलमा भब्य स्वागत !

नेपालीहरुको सर्वाधिक रुचाइएको कुवेतको (BEC Exchange Kuwait) बिईसी मनि एक्सचेन्ज र सिटी एक्सप्रेसले स्पोन्सर गरेका छन।

हिमालीसंचार संवाददाता
४४५ पटक

कुवेत सिटी। गायक प्रमोद खरेल र मेचु धिमाल बिहीबार बिहान कुवेत आइपुगेका छन। भोली शुक्रबार सेप्टेम्बर ३० तारिखका दिन हुन गईरहेको नेपाल कुबेत सरोकार समाज कुवेतको चौथो सांगितिक धमाकाका लागि कुवेत बोलाइएको हो।

उक्त कार्यक्रममा भाग लिन कुवेत आएका अतिथी कलाकारहरुलाई कुवेतस्थित अन्तरराष्ट्रिय  विमानस्थलमा कुवेतका क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका पदाधिकारीहरु, बुद्धिजिबी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत सो संस्थाका पदाधिकारीहरुले कलाकारद्वय प्रमोद खरेल र मेचु धिमाललाई फुलगुच्छा, खादा र दोसल्ला ओढाएर भब्य रुपमा स्वागत गरेका थिए।

नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित वडा दशैँ तथा रमझम साँस्कृतिक कार्यक्रम २०७९ लाई भब्य र सभ्य रुपले सफल पार्नको लागी आयोजक संस्थाले अनुरोधसमेत गरेको छ।

उक्त कार्यक्रमलाई सफल पार्नको लागि नेपालीहरुको सर्वाधिक रुचाइएको कुवेतको (BEC Exchange Kuwait) बिईसी मनि एक्सचेन्ज र सिटी एक्सप्रेसले स्पोन्सर गरेका छन।

           तपशील:

स्थान – ३० सेप्टेम्बर २०२२, शुक्रबार,
समय  – बिहानको ठीक ११ बजे,
मिति – इन्डियन सेन्ट्रल स्कुल जिलिब,
आयोजक  – नेपाल कुबेत सरोकार समाज, कुवेत।

थप तस्बीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...