News Portal

सल्यान जीप दुर्घटना: मृत्यु हुने आठै जनाको सनाखत, थप एक घाइते

हिमालीसंचार संवाददाता
३७१ पटक

सल्यान। सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्। मृत्यु हुनेमा ७ जना पुरुष र १ जना महिला रहेका छन्।

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा१ ज५६३ नम्बरको जीप मंगलबार राति २ बजेतिर कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दिपेन्द्र केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन्।

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका–६ कै ३५ वर्षीय तीलक ओलीको अहिले दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए। जीपमा सवार यात्रुहरु बिहे भोज खाएर फर्कंदै गरेको सूचना पाइएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले मृत्यु भएका सबैको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको जानकारी दिए। उनका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो।

दसैँको समयमा जीप दुर्घटनामा परेर एकै गाउँका सात जनाले ज्यान गुमाएपछि अहिले कपुरकोट गाउँपालिका–६ जलबाङका स्थानीय शोकमा डुबेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...