News Portal

कवि भुपाल राईको ‘यारी’ कविता संग्रह सार्वजनिक

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाडौं – वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईको पछिल्लो कविता संग्रह ​‘यारी’ सार्वजनिक गरेका छन्। काठमाडौं स्थित मण्डला थिएटर हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको कविता संग्रहलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो।

आयोजित कार्यक्रम निक्कै छोटो तर महत्व र अर्थपूर्ण तरिकाले विमोचन गरिएको उक्त कार्यक्रममा दुई पुस्ताका प्रतिनिधि पाँच कविहरुद्वारा विमोचित संग्रह भित्रको कविता बाचन समेत गरिएको थियो। कविता वाचन पश्चात तिनै पाँच प्रतिनिधि कवि र उक्त विमोचित संग्रहका कवि संयोजक भुपाल राईद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो। 

एकात्मक राज्यसत्ताले निर्माण गरेको साँस्कृतिक विभेदको विरुद्ध चालिसको दसकदेखि निरन्तर गीत, संङगित र साहित्य मार्फत कलम चलाई रहेका कवि भुपाल राईलाई राज्यसत्ताले प्रतिपक्षि तथा बिद्रोहि कविको रुपमा हेर्ने र चिन्ने गरेको छ, भने परिवर्तन समानताका पक्षपाति तथा सिमान्तकृत समुदायले भने कवि राईलाई आफ्नो साँस्कृतिक आन्दोलनको एक कुशल कमाण्डरको रुपमा हेर्ने गरेका छन्​। 

सुम्निमाको तस्बिर (२०५३) दाजै, कविता गाउँमै छ,(२०५७) पहिलो हरफ शिरबन्दि, (२०५९) सिमान्त सौदर्य, (२०७०) र अगोले जन्मोत्सब मनाउँदैन सन (२०१५) पछी यो पछिल्लो कविता संग्रह ‘यारी’ ल्याएका कवि राईले थुप्रै महत्वपुर्ण पुस्तकहरुको सम्पादन समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...