News Portal

मसाला पिस्ने लोहोरोले हानेर श्रीमतीको हत्या

हिमालीसंचार संवाददाता
४२६ पटक

प्रेमनारायण आचार्य
सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेका छन्।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पटक पटक झगडा हुने गरेको पाइएको छ।

पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उनले बताए। मनकलाको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक मनकलाका श्रीमानलाई  इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...