News Portal

सुजन कडेलका चार मुक्तकहरु

हिमालीसंचार संवाददाता
४७९ पटक

मुक्तक – १

साेच्थे कुनै बेला हामी सँगै हुन सक्छ
मायाका कथा थिए दामी सँगै हुन सक्छ
तिम्राे माया पाउँला भन्ने आश त छैन बस्
तिम्राे जन्ती मेराे मलामी सँगै हुन सक्छ।

मुक्तक – २

भन्दिन म मुटु देउ सास देउ
सकिन्छ त अलिकति विश्वास देउ
बाच्ने सम्भावना कम हुदैछ मेराे
त्यसैले भन्छु माया देउ जिउने आश देउ।

मुक्तक – ३

मनका बह कसैलाई कहन सक्दिन
भावनाकाे सागरमा हरपल बहन सक्दिन
म पनि त मान्छे हुँ मन दुखिहाल्छ हेर
त्यसैले मनमा पिडामात्र लिएर रहन सक्दिन।

मुक्तक – ४

जब खुसि मनबाट टाढा टाढा सर्दछ
हर्षले पनि पाहुनाझै अभिनय गर्दछ
साेचेकाे केही पनि कुरा पूरा हुन्न नि तब
म बाचेर केही गर्छु भन्ने अठाेट मर्दछ।।

✍ सुजन कडेल
– धादिङ, नेपाल।

(हामीलाई रचना पठाउने इमेल ठेगाना
[email protected])

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...