News Portal

नेपाली राजदूतावास कुवेतले ८ औं संविधान दिवस भव्य रुपमा मानायो

हिमालीसंचार संवाददाता
३५९ पटक

कुवेत सिटी – कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले हिजो मंगलबार साँझ विश्वभरका विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरूको आतिथ्यतामा  कुवेतको फरवानिया स्थित होलिडे इन क्राउन प्लाजा होटलमा एक रिसेप्शन कार्यक्रमको आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो।

आयोजित कार्यक्रममा कुवेत र नेपालका राष्ट्रियगान बजाएर कार्यक्रम शुरू गरिएको थियो भने दूतावासकी द्वित्तिय सचिव जानकी ओझाले सहजीकरण गरेकी उक्त कार्यक्रममा नेपाली कलाकारहरूले नेपाली कला संस्कृति झल्कने गीतहरूसंगै मौलिक नृत्य प्रस्तु गरेका थिए ।

नेपाली दूतावास परिवार कुवेतले आमन्त्रित अतिथिहरूलाई स्वागत गरेको उक्त कार्यक्रममा १ सय भन्दा बढी विदेशी कुटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो भने नेपाली समुदायको तर्फबाट एनआरएनए, पत्रकार महासंघ कुवेत शाखा तथा नेपाली समुदायमा अग्रपंतिमा रहेर सामाजिक काम गर्नु हुने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 

नेपाली राजदूत महामहिम दुर्गाप्रसाद भण्डारी र धर्मपत्नी श्रीमती विन्ध्या भण्डारीले नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को उपलक्ष्यमा हिजो साँझ कुवेतको होटल क्राउन प्लाजामा एक स्वागत समारोहको आयोजना गरेका हुन् । कार्यक्रममा कुवेत सरकार परराष्ट्र मन्त्रालयका आर्थिक मामिला सहायक विदेशमन्त्री महामहिम सामी अब्दुलअजीज अल हमाद  अतिथिको रुपमा उपस्थित थियो। 

नेपाल र कुवेत दुवै देशका राष्ट्रिय गान बजाई शुभारम्भ भएको कार्यक्रमका प्रमुख अतिथि, महामहिम राजदूत र धर्मपत्नी भण्डारीद्वारा संयुक्त रुपमा कार्यक्रम उद्धाटन गरिएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै महामहिम राजदूतले नेपालको संविधान, यसका विशेषता, नेपालको राष्ट्रिय दिवस लगायतका विषयमा प्रकाश पारेरा थिए । राजदूतले आफ्नो कार्यक्षेत्रमा उपस्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

नयाँ संविधानको घोषणासँगै नेपालबाट एकात्मक एवं केन्द्रीकृत शासन व्यवस्था समाप्त भई देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा शुरु भएको कुरा बताए। महामहिम राजदूतले संविधान कार्यान्वयनमा भएका काम कारवाही, नेपालको आर्थिक विकासको लक्ष्य, वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवर्द्धन लगायतका विषयमा नेपालले हाल लिएको नीति बारे उल्लेख गरे। उनले नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा रहेर गरेका कार्यहरू बारे पनि उल्लेख गरे । नेपाल-कुवेत बीच रही आएको द्विपक्षीय सुमधुर सम्बन्ध, कुवेतमा नेपालीहरूको उपस्थिति, उनीहरूको योगदानको चर्चा गर्दै नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको पचासौँ वार्षिकोत्सवको सन्दर्भमा भएका कार्यहरू बारेमा राजदुतले आफ्नो धराणा राखेका थिए। 

महामहिम राजदूतले दुई देशबीचको हवाई सेवामा भएको विस्तारले दुवै मुलुक लाभान्वित भएको प्रशंग उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विषयमा मात्र नभई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा सरोकार एवं आपसी हितका विषयमा नेपाल र कुवेतले सहकार्य गरिरहेको विचार व्यक्त गरे। कुवेतका महामहिम अमीर, युवराज र प्रधानमन्त्रीलाई उहाँहरूको खुसी तथा सुस्वास्थ्याको कामना गर्दै कुवेती जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरे।

कार्यक्रममा कुवेतस्थित कूटनीतिक नियोगका प्रमुखहरू, प्रतिनिधिहरू, व्यापारी समुदायका प्रतिनिधिहरू, सरकारी उच्च अधिकारीहरू, पत्रकार, बुद्धिजीवी लगायत नेपाली समुदायका विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूद्वारा नेपाली लोक नृत्य एवं गीतहरू प्रस्तुत गरिएको थियो। 

उक्त अवसरमा नेपालका प्राकृतिक एवं साँस्कृतिक सम्पदाका तस्विरहरू हलमा सजाउनुका अतिरिक्त संविधान दिवस तथा नेपालको राष्ट्रिय दिवसका सन्दर्भमा तयार पारिएको श्रव्य दृश्य सामग्री प्रस्तुत गरिएको थियो। नेपाली घरेलु उत्पादनका सामग्रीहरू लगायत अन्य नेपाली उत्पादनका वस्तुहरू, पर्यटन प्रवर्द्धनका लागि प्रवर्द्धनात्मक सामग्रीहरूको एक स्टल समेत राखिएको थियो। कार्यक्रमको अन्त्यमा आयोजित रात्रीभोजमा नेपाली खानाका परिकारहरू पनि समावेश गरिएका थिए। 

फोटो फिचर:

 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...