News Portal

मोरङको सुनवर्सी उच्च माध्यमिक विधालयको जग्गा विव्यास र प्रअले बिक्री गरेको खुलासा

हिमालीसंचार संवाददाता
३३८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित रहेको सुनवर्सी उच्च माध्यमिक बिधालयको आफ्नो नाममा रहेको जग्गा विधालय व्याबस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा विक्री गरेको खुलासा भएको छ ।

२०६७ सालमा विद्यालयले आवश्याक पुर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय गराएर ३९ घरपरिवारलाई नेपाली कागजमा तमसुक गर्न लगाई विद्यालयले रकम लिएर उक्त जग्गा विक्री गरेको खुलासा भएको हो ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भगतराम शर्मा र विद्यालयका प्रधानाध्यापक वुद्धिवहादुर अधिकारीले आफुहरुलाई जग्गा विक्री गरेका स्थानीय हरिप्रसाद प्रधानले हिमालीसंचारडटकमसंग बताए। विद्यालयका प्रधानाध्यपक तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको मातहतमा रहेको कुल १ विघा ७ कठा १४ धुर जग्गा ३९ घरपरिवारलाई विक्री गरेको खुलासा भएको हो । 

विद्यालयसंग २०६७ सालमा  सो जग्गा ३९ परिवारबाट ४० लाख रुपैयाँमा खरिद गरेको र अहिलेसम्म विद्यालयले जग्गा पास भने नगरेको स्थानीयको गुनासो छ । तत्कालीन साविकको राजघाट गा.वि.स. ६ प को कित्ता न ४७ को एक विघा ७ कठा १४ धुन जग्गा स्थानीयले खरिद गरेको तमसुकमा उल्लेख छ ।  

२०२५ सालदेखि सो जग्गामा ३९ घर परिवार वसोवास गर्दै आएका छन । २०३२ सालमा विद्यालय स्थापना भएपछि सो जग्गा विद्यालयको नाममा दर्ता भएको थियो। तमसुक वनाएर विद्यालयले जग्गा विक्री गरेको तमसुक स्थानीयसंग छ । खरिद गरेको १० धुर जग्गा १२ वर्ष वितिसक्दा समेत  विद्यालयले आफ्नो नाममा जग्गा पास नर्गदा उठीवास हुने अवस्थामा आफु पुगेको स्थानीयले बताए । 

हरीप्रसाद प्रधानले दुखेसो पोख्दै भने आफुले दुग्ध विक्री गरेर एक-एक पैसा बचाएर जग्गा खरिद गरियो विद्यालयले जग्गापनी पास गर्दैन के गर्ने कहा जाने कसलाई गुर्हाने हो? भन्दै दुखेसो पोखे  । आफुहरुलाई विद्यालयको सरकारी जग्गा स्थानीयलाई पास गर्न नमिल्ने भनेपछि ३९ धर परिवारले रकम संकलन गरेर सोही वडामा सटाभर्नाका लागि भन्दै एक विघा जग्गा खरिद गरेको स्थानीय ज्ञानवहादुर देउजा बताउ छन् । 

सो जग्गामा सटाभर्नाका लागि पनि प्रदेश १ को समाजिक मन्त्रालय लगायत विभिन्न निकायमा जादा सटाभर्ना गर्ने कानुनी व्यवस्था नभएको भन्दै प्रक्रिया अघि वढ्न नसकेको उनीहरुले बताए । सटाभर्नाका लागि जग्गा खरिद गरियो तर सटाभर्ना समेत हुन नसकेको उहाको भनाई छ ।  ३९ घर परिवारले ८ धुर देखि १२ धुरसम्म जग्गा खरिद गरेर वसोवास गर्दै आएका छन । सडक पुर्वाधारका कारण अहिले सो ठाउँमा ठुलो वस्ती समेत बसिसकेको  छ । 

विद्यालय व्यवस्थामा समितिका हालका अध्यक्ष कुशल अधिकारीले कानूनी प्रक्रिया नभएका कारण ३९ घर परिवारलाई विद्यालयले जग्गा पासगर्न नसकेको बताए ।  सटाभर्ना तथा जग्गा पास गर्नका लागि कानूनी प्रक्रिया मिलाएर भए पनी जग्गा पास गर्न विद्यालय तयार रहेको विव्यास अध्यक्ष अधिकारीले बताए । बिधालय संचालनका लागि  २० लाख रुपैयाँ प्रतिकठ्ठाका दरले ३९ घर परिवारलाई बिक्री गरेका थिए ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...