News Portal

मोरङको सुनवर्सी उच्च माध्यमिक विधालयको जग्गा विव्यास र प्रअले बिक्री गरेको खुलासा

हिमालीसंचार संवाददाता
३७८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित रहेको सुनवर्सी उच्च माध्यमिक बिधालयको आफ्नो नाममा रहेको जग्गा विधालय व्याबस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा विक्री गरेको खुलासा भएको छ ।

२०६७ सालमा विद्यालयले आवश्याक पुर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय गराएर ३९ घरपरिवारलाई नेपाली कागजमा तमसुक गर्न लगाई विद्यालयले रकम लिएर उक्त जग्गा विक्री गरेको खुलासा भएको हो ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भगतराम शर्मा र विद्यालयका प्रधानाध्यापक वुद्धिवहादुर अधिकारीले आफुहरुलाई जग्गा विक्री गरेका स्थानीय हरिप्रसाद प्रधानले हिमालीसंचारडटकमसंग बताए। विद्यालयका प्रधानाध्यपक तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको मातहतमा रहेको कुल १ विघा ७ कठा १४ धुर जग्गा ३९ घरपरिवारलाई विक्री गरेको खुलासा भएको हो । 

विद्यालयसंग २०६७ सालमा  सो जग्गा ३९ परिवारबाट ४० लाख रुपैयाँमा खरिद गरेको र अहिलेसम्म विद्यालयले जग्गा पास भने नगरेको स्थानीयको गुनासो छ । तत्कालीन साविकको राजघाट गा.वि.स. ६ प को कित्ता न ४७ को एक विघा ७ कठा १४ धुन जग्गा स्थानीयले खरिद गरेको तमसुकमा उल्लेख छ ।  

२०२५ सालदेखि सो जग्गामा ३९ घर परिवार वसोवास गर्दै आएका छन । २०३२ सालमा विद्यालय स्थापना भएपछि सो जग्गा विद्यालयको नाममा दर्ता भएको थियो। तमसुक वनाएर विद्यालयले जग्गा विक्री गरेको तमसुक स्थानीयसंग छ । खरिद गरेको १० धुर जग्गा १२ वर्ष वितिसक्दा समेत  विद्यालयले आफ्नो नाममा जग्गा पास नर्गदा उठीवास हुने अवस्थामा आफु पुगेको स्थानीयले बताए । 

हरीप्रसाद प्रधानले दुखेसो पोख्दै भने आफुले दुग्ध विक्री गरेर एक-एक पैसा बचाएर जग्गा खरिद गरियो विद्यालयले जग्गापनी पास गर्दैन के गर्ने कहा जाने कसलाई गुर्हाने हो? भन्दै दुखेसो पोखे  । आफुहरुलाई विद्यालयको सरकारी जग्गा स्थानीयलाई पास गर्न नमिल्ने भनेपछि ३९ धर परिवारले रकम संकलन गरेर सोही वडामा सटाभर्नाका लागि भन्दै एक विघा जग्गा खरिद गरेको स्थानीय ज्ञानवहादुर देउजा बताउ छन् । 

सो जग्गामा सटाभर्नाका लागि पनि प्रदेश १ को समाजिक मन्त्रालय लगायत विभिन्न निकायमा जादा सटाभर्ना गर्ने कानुनी व्यवस्था नभएको भन्दै प्रक्रिया अघि वढ्न नसकेको उनीहरुले बताए । सटाभर्नाका लागि जग्गा खरिद गरियो तर सटाभर्ना समेत हुन नसकेको उहाको भनाई छ ।  ३९ घर परिवारले ८ धुर देखि १२ धुरसम्म जग्गा खरिद गरेर वसोवास गर्दै आएका छन । सडक पुर्वाधारका कारण अहिले सो ठाउँमा ठुलो वस्ती समेत बसिसकेको  छ । 

विद्यालय व्यवस्थामा समितिका हालका अध्यक्ष कुशल अधिकारीले कानूनी प्रक्रिया नभएका कारण ३९ घर परिवारलाई विद्यालयले जग्गा पासगर्न नसकेको बताए ।  सटाभर्ना तथा जग्गा पास गर्नका लागि कानूनी प्रक्रिया मिलाएर भए पनी जग्गा पास गर्न विद्यालय तयार रहेको विव्यास अध्यक्ष अधिकारीले बताए । बिधालय संचालनका लागि  २० लाख रुपैयाँ प्रतिकठ्ठाका दरले ३९ घर परिवारलाई बिक्री गरेका थिए ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...