News Portal

मेरो पुरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै: हर्क साम्पाङ

मेरो चुनाव खर्च नै २ लाख थिएन, साढे ५ लाख जरीवाना लुट हो: साम्पाङ

हिमालीसंचार संवाददाता
१४११ पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले दुई दिन ढिलो गरी निर्वाचन खर्चको विवरण आयोगमा बुझाएको विषयमा टिप्पणी गरेका छन् ।

मेयर साम्पाङले सामाजिक संजाल फेसबुक पेज मार्फत उक्त टिप्पणी गरेका हुन्। मेयर साम्पाङले लेखेका छन् “दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो ! मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !”

आयोगको ऐन दफा २६ को उपदफा १ अनुसार देशभरका १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमा आफ्नो खर्च विवरण नबुझाउने र ढिलो गरी बुझाउने समेतलाई आयोगले जरिवाना तोकेको थियो।

धरान उपमहानगरपालिका मेयर हर्कराज राईले पनि मत परिणाम सार्वजनिक भएको ३० दिनपछि मात्रै खर्च विवरण पेश गरेका थिए। आयोगको गरेको निर्णय अनुसार अब ६ महिनाभित्र ५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने हुन्छ । निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्च मध्ये जुन बढी हुन्छ सोही बराबरको जरिवाना तर्न सक्ने प्रावधान छ ।

आयोगले यही दफा टेकेर खर्चको विवरण पेस नगर्ने १ लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगले तोकेको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...