News Portal

कल्याणकारी नेपाली युवा समाजले २३ सेप्टेम्बरमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमालीसंचार संवाददाता
३७० पटक

कुवेत सिटी। “हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा क्रियाशिल सामाजिक संस्था कल्याणकारी नेपाली यूवा समाज कुवेतले यही २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

कुबेतस्थित क्रियाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारी, पत्रकार, कलाकार, खेलाडीलगायत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनको लागी सो कार्यक्रमका संयोजक नबराज पराजुलीले अनुरोध गरेकासमेत छन।

उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी २२ सेष्टेम्बर २०२२ बिहिबार साँझ ४ बजेदेखि ६ बजेसम्म माहबुलाको भलिबल ग्राउण्डमै टाइसिट हुने बताईएको छ। इच्छुक नेपाली टिमले २१ कुवेती दिनार टिम दर्ता शुल्क बुझाएर प्रतियोगितामा सहभागी हुन सकिने सो संस्थाले जानकारी दिएको छ।

सो खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा उक्त समाजको वार्षिकोत्सव कार्यक्रमलाई अल-मुजैनी एक्सचेंजको मुख्य प्रायोजकत्वमा आयोजना गरिएको छ।

          तपशिल:-

मिति – २३ सेप्टेम्बर २०२२ शुक्रबार।
स्थान – अबुहलिफा स्टेडियमम।
कार्यक्रम – वार्षिकोत्सव तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता।
आयोजक – कल्याणकारी नेपाली यूवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...