News Portal

संविधान दिवसको अबसरमा ९९८ जनालाई विभूषण, पूर्वप्रधानमन्त्री कोइरालालाई नेपाल रत्नद्वारा सम्मान

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।  संविधान जारी हुदा प्रधानमन्त्री रहेका स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ ।

राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई  राष्ट्र गौरव पदकद्वारा सम्मानित गरिने भएको छ । गत ३१ भदौ मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । उक्त पदक पाउनेहरुको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो । 

दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यस अवसरमा सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । 

जनताबाट निर्वाचित जनप्रतिनिधि गठन भएको संविधानसभा ३, असोज ०७२ मा संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने निश्चित भएको छ। 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...