News Portal

तपाईंको राशिफल : आज २०७५ साल असोज ३० गते मंगलबार १६ अक्टोबर २०१८

हिमाली संचार संवाददाता
८५२ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल,

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ। केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। परिश्रम परे पनि मिहिनेतको उपलब्धि प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिस्थितिवश काममा व्यवधान हुनेछ। पहिलेको समस्या दोहोरिनाले पुरानै काममा अलमलिनुपर्ला। यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ। तर उपलब्धि हातपार्न केही समय प्रतीक्षा गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ। वादविवादले काममा समस्या निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य औपचारिकतामा सीमित रहनेछ। मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ। तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ। शुभचिन्चकहरूले साथ दिनेछन्। प्रेमको बन्धन कसिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समय लागे पनि अप्ठ्यारा चुनौतीहरू पार लाग्नेछन्। प्रयत्न गर्दा अधिकार सुरक्षित गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन्। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउने मौका छ। मुद्दामा आफ्नो पक्षको सुनुवाइ हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताका हात अघि बढाउनेछन्। बाहिरको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। आँट गर्दा काम बन्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ। अध्ययनमा त्यति ध्यान दिन नसकिए पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
एकान्त वास र एकाग्र चिन्तनमा मन रमाउनेछ। टाढिएका आफन्त नजिकिनेछन्। घरायसी काममा समय बित्नेछ। मानसिक कुण्ठाले ग्रस्त भइने हुँदा अरूप्रति शंका जाग्नेछ। पारिवारिक भेटघाटको समय छ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन्। मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ। शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन्। पुराना समस्याको समाधान हुनेछ। भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समय लागे पनि सम्मानित काम गर्ने समय छ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
ढिलो गरी प्रारम्भ भए पनि पनि प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। केही चुनौतीसँग लड्नुपर्ने देखिएकाले धैर्यले काम लिनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्नेछ भने टाढाका साथीभाइ नजिकिनेछन्। केही खर्च लागे पनि प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धेरै श्रम परे पनि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समय लागे पनि आँटेको काम सम्पादन हुनेछ। नयाँ कामको अवसर पनि प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनाले चिताएका काम बन्नेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...