News Portal

माओवादी छोडेर राप्रपा प्रवेश गरेपछि दाङका धर्मबहादुर सम्राट सिमेन्टबाट निकालिए

हिमालीसंचार संवाददाता
८७५ पटक

भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ।

लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन्।

माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकै कारण आफू कम्पनीबाट निकालिनु परेको गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विगत १ वर्ष देखि सम्राट सिमेन्टमा कार्यरत रहदै आएको र एक हप्ताको ज्याला समेत आफुले नपाएको गुरूङले गुनासो गरेका छन्। पटक पटक कामको बाहाली र ज्याला माग गर्दा समेत आफ्नो माग सुनुवाई नभएको उनले बताएका छन्।

अहिले काम गरेको पैसा माग्दा दिदैनौ भन्छन्, गुरूङले भने। मजदुर ऐन र संविधान विपरित रोजगारबाट बन्चित हुनु परेको हुँदा व्यवस्थापन समक्ष कामको बाहाली र ज्याला मागको सुनुवाई नभएको हुँदा आफुले अहिले मानअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी गुहार्नु परेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...