News Portal

वामदेव च्याप्टर बन्द भएपछि टोलमा पिङ खेल्न पुगे प्रचण्ड

८९२ पटक

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई उपचुनाव मार्फत् सांसद बनाउने रणनीतिका नेतृत्वकर्ता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब र तनाव थियो । तर, अन्तिममा प्रचण्ड र वामदेवको रणनीति सफल भएन ।

अहिले वामदेवलाई सांसद बनाउने रणनीतिको ‘च्याप्टर क्लोज’ भएको छ । अब प्रचण्ड केही हलुका भएका छन् । च्याप्टर क्लोज भएपछि प्रचण्ड आफ्नै निवास नजिक ढोलाहिटीमा पिङ खेल्न पुगेका छन् ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन् । टोलबासीले बनाएको पिङ उद्घाटन गर्दै दाहालले गाउँको याद दिलाएको बताएका छन् ।

प्रचण्ड निवासबाट करीब सय मिटर नजिकै कान्तिनगर टोलविकास समितिले घटस्थापनाका दिन पिङ हालेको थियो ।

पिङ बनाएपछि त्यसमा ताल्चा लगाइँदा धेरै जना चकित भएका थिए । पिङमा ताला लगाउनुको कारण भने दाहालले उद्घाटनको पर्खाइ थियो । पिङ उद्घाटनपछि शनिबारदेखि सर्वसाधारणाका लागि खुला गरिएको हो । पिङमा एकछिन मच्चिएपछि उनले भने, ‘सहरमा पिङ खेल्दा गाउँको याद आयो ।’ पिङ संस्कृतिसँग जोडिएको र यसलाई जगेर्ना गरेको भन्दै दाहालले टोलवासीको प्रशंसा गरे ।

स्थानीयको विकासप्रतिको उत्सुकता देखेर खुसी भएका दाहालले सडक, खानेपानीलगायत समस्या तुरुन्त समाधान गर्ने आश्वासन दिए । एउटै टोलमा बसे पनि नेता दाहाललाई नदेखेका स्थानीयले प्रत्यक्ष भेट्न पाउँदा खुसी भएका थिए । ढोलाहिटी बस्दै आएकी मनकुमारी राईले भनिन्, ‘प्रचण्ड त भर्खरको पो देखिँदा रै’छन् ।’

कान्तिनगर टोल विकास समितिका अध्यक्ष लीलाराज वान्तवाले केही वर्षदेखि टोलबासीबीच सुमधुर सम्बन्ध कायम गर्न पिङ हालिँदै आएको बताए । यसै बहानामा पिङ खेल्दै दसैंको शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताए । यो वर्ष विधिवत् रूपमा पिङको उद्घाटन भयो’, वान्तवाले खुसी व्यक्त गरे ।

कार्यक्रममा उपस्थित १५ नम्बर वडाका अध्यक्ष सुदर्शन मिश्रले टोलबासीको संस्कृतिप्रतिको मोह लोभलाग्दो भएको बताए । उनले तिहारअघिसम्म चापागाउँ–ढोलाहिटी सडक कालोपत्रे गरिसक्ने योजना बनाइएको बताए । मिडियाडबली

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...