News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बालेन्द्र शाह र रेनु दहाललाई साढे ७ लाख, हर्कराज राईलाई साढे ५ लाख जरिवाना

    हिमालीसंचार संवाददाता
    ५७६ पटक

    काठमाडौं – निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालले जनही साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । आयोगको ऐन दफा २६ को उपदफा १ अनुसार देशभरका १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको र केहिले ढिलो गरी बुझाउनेलाई समेत आयोगले जरिवाना तोकेको हो ।

    काठमाडौं महानगरका प्रमुख शाहले निर्वाचन खर्च विवरण मतपरिणाम सार्वजनिक भएको ३० दिन भन्दा ढिलो जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएका थिए । खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधारमा जरिवाना गर्ने निर्णय गरेको श्रोतले जनाएको छ।

    काठमाडौं महानगरका प्रमुख शाह र पोखराका प्रमुख धनराज आचार्यले ३० दिनभन्दा पछि खर्च विवरण पेश गरेका थिए । खर्च विवरण नबुझाउनेमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा कार्की, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम र काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले अझै पनी खर्च विवरण पेश गरेका छैनन् । उनीहरूले जनही साढे लाख रुपैयाँ ६ महिनाभित्र तिरिसक्नु पर्ने हुन्छ । ६ महिना जरिवाना नबुझाए पद नै जाने कानुनी व्यवस्था रहेको छ ।

    त्यसैगरी धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले पनि मत परिणाम आएको ३० दिनपछि मात्रै खर्च विवरण पेश गरेका छन्। इटहरी उपमहानगरका उपप्रमुख संगीताकुमारी चौधरीले पनि ढिला बुझाएकी छन् । जितपुरसिमराका प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले खर्च विवरण अझै बुझाएका छैनन् । कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद साह, उपप्रमुख रौशन परविन, जनकपुरका प्रमुख मनोजकुमार साह सुडी, उपप्रमुख किशोरी साहले पनि खर्च विवरण पेस गरेका छैनन् । उनीहरूले पनि ६ महिनाभित्र ५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने हुन्छ ।

    निर्वाचन आयोग ऐन अनुसार जरिवाना गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ मा तोकिएको अवधिमा खर्च विवरण पेन नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण खर्चको हममध्ये जुन बढी हुन्छ सोही बराबरको जरिवाना तर्न सक्ने प्रावधान छ ।

    आयोगले यही दफा टेकेर खर्चको विवरण पेस नगर्ने १ लाख २३ हजार ६ सय २४ जनालाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगले तोकेको जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने निर्णयसमेत गरेको छ ।

    ऐनमा भनिएको छ। ‘जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ ।’ आजको कान्तिपुर देनिकले लेखेको छ। 

    प्रतिकृया दिनुहोस्

    घाइते अवस्थामा समेत शिक्षकहरू सडकमा : महासङ्घले आन्दोलन थप चर्काउने

    काठमाडौं, वैशाख १५ — विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै देशभरका शिक्षक र विद्यालय...

    एनआरएनए अभियन्ता महेश श्रेष्ठको आह्वान : एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरौँ

    काठमाडौँ, वैशाख १५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता महेश कुमार श्रेष्ठले संघको यही...

    रंगेलीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

    मोरङ, वैशाख १५ – रंगेली-८ दर्वेशामा रहेको विनोद पासवान र अमोद पासवानको घरमा गएराति ११:३०...

    काठमाडौंमा आन्दोलन चर्कियो, शिक्षक महासंघको सबैलाई एकजुट हुन आह्वान

    काठमाडौं, वैशाख १५ — आइतबार बानेश्वरमा भएको घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै...

    नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

    काठमाडौँ, वैशाख १५ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। नेपाल...