News Portal

ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल भन्छन – नयाँ जीवन पाएँ !

९४८ पटक

चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको दशकौंदेखिको दैनिकी थियो। सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शक समेत हुन्।

गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुपर्‍यो। एक्कासी भेटिएको बच्चासहितको गैंडाले पर्यटकलाई आक्रमण गर्न आयो। परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गरे। तर पर्यटकलाई जोगाउँदा आफू भने घाइते भएका  छन्।

गैंडासँग कसरी बच्ने भन्ने कला उनीसँग थियो। यसपटक धेरै पर्यटक भएकाले उनीहरूलाई बचाउनकै लागि गैंडासँग सङ्घर्ष गर्नुपर्‍यो। काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत परियाले भने, ‘बच्चासहितको गैंडाबाट बच्न मुस्किल पर्छ, तर यसपालि पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो।’

बच्चा देखेपछि आक्रामक हुँदै गैंडा आयो। अब पर्यटकलाई मार्ने भयो भनेर उनले विभिन्न उपायसहित भूइँमा लठ्ठी बजारे। तर गैंडा रोकिएन। रुखमा छेलिएर गैंडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंडाले आक्रमण गरेको परियार सम्झन्छन्। गैंडाले उनको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ।

छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासी घोप्टो परेपछि अरु दुई पथ प्रदर्शकको सहयोगमा गैंडाबाट बच्न सफल भएको उनको भनाइ छ। बच्चा सहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उनको छ। तिघ्रा पछाडि सिङले हानेको छ।

चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउमा सङ्क्रमण भएपछि उनलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ। सङ्क्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिइन्।

चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ। गैंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ। रासस

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...