News Portal

‘वैज्ञानिक समाजवादको रोडम्याप’ पुस्तक बजारमा

माक्सबादी अध्यता तथा चिन्तक-लेखक द्वय लेखक श्रेष्ठ र सुनुवारले सम्पादन गरेका हुन्।

हिमालीसंचार संवाददाता
३९३ पटक

काठमाडौं ​- माक्र्सबादी दर्शनका अध्यता तथा चिन्तक रमेश सुनुवारद्वारा लिखित “वैज्ञानिक समाजबादको रोडम्याप”  बजारमा आएको छ। लेखक “रमेश सुनुवार र राजकुमार श्रेष्ठ” द्वारा सम्पादित गरिएको वैज्ञानिक समाजबादको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजनालाई अगाडि सारिएको “वैज्ञानिक समाजवादको रोडम्याप” नामक पुस्तक साईन्स सोसाईटी मार्फत बजारमा ल्याएका हुन्।

सन् १९९१ मा सोभियत संघको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा ठुलो संकट देखिएको थियो । त्यसपछि विश्वभरी त्यसको समाधान खोज्ने प्रयत्नहरु भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरु धेरै भए । ती प्रयत्नहरुमध्ये एउटा प्रयास थियो – ‘माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्र्गत चार विषयहरुमा व्यापक अध्ययन – अनुसन्धान भएको थियो ।

ती विषयहरु थिए – दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद । ती अध्ययन–अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म विभिन्न कक्षाहरु पनि संचालन गरिएको थियो । ती अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षहरु तथा कक्षाहरुमा सहभागीहरुले तयार पारेको नोटहरुको आधारमा यो पुस्तक तयार गरिएको हो। यो पुस्तकले समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना प्रष्ट ढंङ्गले अगाडि सारिएको छ।  

त्यसकारण बर्तमान समाजवाद निर्माणका लागि समाजबादी आन्दोलनको उपलब्धि र निस्कर्ष खोजिरहेका नेपालका कम्युनिष्ट तथा बामपंथीहरुका लागि यो पुस्तक धेरै महत्वपुर्ण हुने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...