News Portal

जापानका लागि उडेको निगमको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्कियो

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौं – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा १ सय ८४ यात्रु रहेको विमानको सामान राख्ने कम्पार्टमेन्टबाट धुवाँ देखिएपछि विमान काठमाडौं फर्किएको छ ।

जापानको नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान आधा घण्टामा पुन: काठमाडौं फर्किएको हो । निगमका एक अधिकारीका अनुसार ककपिटमा समस्या देखिदा विमान नेपालको आकासमै उडीरहेको हुदा चालकदलले जहाज काठमाडौं नै फर्काएका हुन्। 

निगमका जहाज चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमका अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

निगमका प्राविधिक टोवीले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाज मार्फत जापानको नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयले जानकारी दिए ।

जापानमा २ सय ४६ जना यात्रु रहेका छन्। जापानबाट फर्केपछि दक्षिण सुडान उड्ने कार्यतालिका रहेको छ। काठमाडौ-जापान ७ घण्टा उडान समय लाग्छ। तर, यस घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएका छन्। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...