News Portal

मोरङ रंगेलीका आदर्श माध्यमिक विधालयले अनावश्यक शुल्क अशुल गर्दै

हिमालीसंचार संवाददाता
३२९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित आदर्श माध्यमिक बिधालयले आफ्ना बिधार्थीहरु संग विभिन्न बहनामा बिधालयले अनावश्यक शुल्क अशुल गरिरहेको छ।

नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालयमा पठनपाठन गर्ने बिधार्थीहरुका लागि कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षा दिने भनिएको छ। तर, मोरङको रंगेली स्थित रहेको आदर्श माध्यमिक बिधालयले नीजि बिधालयले जस्तो अनावश्यक शुल्क अशुल गरिरहेको छ। 

उक्त बिधालयमा कक्षा ६ देखि १० सम्मका बिधार्थीहरु संग मासिक रुपमा ५० रुपैयाँको दरले बार्षिक ७ सय रुपैयाँ परिक्षाको समयमा एक मुष्ट लिने गरेको छ । उक्त बिधालयले गत भाद्र २१ गतेको सहयोग रसिद भन्दै नगद २ सय ५० रुपैयाँ अनावश्यक शुल्क अशुल गरेको हो । बिगतका दिनहरुमा माध्यमिक कक्षा संचालनका लागि समस्या परेको समयमा शिक्षक राख्नका लागि बिधार्थीको सहयोगमा बिधालय संचालन हुदै आएको थियो ।

उक्त विधालयमा १ बर्षदेखि उक्त बिधालयमा शिक्षकको माग अनुसार पदपूर्ति भएता पनि अहिलेसम्म पनि विधालयले अनावश्यक शुल्क उठाउन छाडेका छैन ।  नगरपालिकाको शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डितसंग बिधार्थीहरु संग रकम लिएको बिषयमा हिमालीसंचारडटकमले जानकारी लिदा उनले भने बिधालयले परीक्षाको समयमा बिधार्थी संग कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएको बताए । अभिभावकहरुको निर्णय भएको हुनाले सहयोग स्वरुप लिएको हुन सक्ने शिक्षा शाखा प्रमुख पंडितले बताए ।  

बिधालयका प्रधानध्यापक अर्विन मंण्डलसंग रकम अशुलका विषयमा प्रतिक्रिया लिदा बिधालयमा आएर कुरा गरौ भन्ने अनाधिकृत प्रतिक्रिया दिए। मोरङ रंगेली नगरका आदर्श माध्यमिक बिधालयले कक्षा ६ देखि १० सम्मका ३ सय २८ जना बिधार्थी संग यसरी रकम असुली गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...