News Portal

बाबुसँग अनैतिक सम्बन्ध राखेको भन्दै महिलाको हत्या

५४० पटक

सुरेश बिडारी
वीरगञ्ज : बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले एक महिलाको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा रविनलाई प्रहरीले असोज २८ गते पक्राउ गर्न सफल भएको थियो ।

मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच करिब १५/२० वर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको र जसका कारण दशरथको घरमा पारिवारिक विवाद हुने गरेको थियो । त्यसैको झोकमा रविनले सियापतिको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

‘अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भयो, दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको हुँ भनेका छन्’ उनले भने ।

यसरी भयो हत्या

लामो समयदेखि अनैतिक सम्बन्ध रहेका कारण गाउँमा चर्चा हुने गरेको थियो । जसले गर्दा दैनिकजसो पारिवारिक कलह भइरहने गरेको थियो । असोज ६ गते दिउँसो मृतक सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेकी थिइन् ।

खेतमा एक्लैदेखि रबिन र निजको श्रीमती मिलेर तत्काल उनको हत्या गर्ने योजना बनाए । उनीहरु दुवै जना मिलेर सियापतीले नै खर काटनको लागी लगेको हसियाको प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए । महिला फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार गत असोज ६ गते बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुर गाउँदेखि करिब १ किमी दक्षिण पूर्व पसाह खोला किनारमा खेतमा घाँस काट्दै गरेकी सियापित देवी धोबिनको त्यही हत्या भएको थियो ।

राति अबेरसम्म घर नफर्किएपछि घरपरिवार तथा स्थानीयले खोजी गर्ने क्रममा असोज ७ गते बिहान स्थानीय प्रभुप्रसाद यादवको उखु खेतमा घाटी रेटी कर्तव्य गरी मारी फालेको अवस्थामा शव फेला पारेका थिए ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...