News Portal

बाबुसँग अनैतिक सम्बन्ध राखेको भन्दै महिलाको हत्या

५९५ पटक

सुरेश बिडारी
वीरगञ्ज : बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले एक महिलाको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा रविनलाई प्रहरीले असोज २८ गते पक्राउ गर्न सफल भएको थियो ।

मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच करिब १५/२० वर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको र जसका कारण दशरथको घरमा पारिवारिक विवाद हुने गरेको थियो । त्यसैको झोकमा रविनले सियापतिको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

‘अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भयो, दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको हुँ भनेका छन्’ उनले भने ।

यसरी भयो हत्या

लामो समयदेखि अनैतिक सम्बन्ध रहेका कारण गाउँमा चर्चा हुने गरेको थियो । जसले गर्दा दैनिकजसो पारिवारिक कलह भइरहने गरेको थियो । असोज ६ गते दिउँसो मृतक सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेकी थिइन् ।

खेतमा एक्लैदेखि रबिन र निजको श्रीमती मिलेर तत्काल उनको हत्या गर्ने योजना बनाए । उनीहरु दुवै जना मिलेर सियापतीले नै खर काटनको लागी लगेको हसियाको प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए । महिला फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार गत असोज ६ गते बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुर गाउँदेखि करिब १ किमी दक्षिण पूर्व पसाह खोला किनारमा खेतमा घाँस काट्दै गरेकी सियापित देवी धोबिनको त्यही हत्या भएको थियो ।

राति अबेरसम्म घर नफर्किएपछि घरपरिवार तथा स्थानीयले खोजी गर्ने क्रममा असोज ७ गते बिहान स्थानीय प्रभुप्रसाद यादवको उखु खेतमा घाटी रेटी कर्तव्य गरी मारी फालेको अवस्थामा शव फेला पारेका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...