News Portal

ब्रिटेनकी महारानीको निधनमा शोकमा डुब्यो ब्रिटेन, जनताले गरे सार्वजनिक स्थलहरुबाटै श्रद्धाञ्जली अर्पण

हिमालीसंचार संवाददाता
४०० पटक

ऐजेन्सी – ब्रिटेनमा सबैभन्दा लामो समयसम्म ब्रिटेनकी महारानी रहेकी एलिजाबेथ द्वीतीयको मृत्युको खबर सार्वजनिक भएलगत्तै बेलायतका विभिन्न सार्वजनिक स्थानमा फूल राखेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। 

ब्रिटेनको राजनिवास बकिंघम प्यालेस बाहिर हजारौ संख्यामा मानिस जुटेका छन्। महारानीको सम्मानमा फूल राखिरहेका छन् । महारानीको घरको तस्बिर लिइरहेका छन् जहाँ आधा झण्डा झुकेको छ। बकिंघम प्यालेसको मुख्य ढोकामा महारानीको निधनको सूचना राखिएको छ ।

बकिंघम प्यालेसको तर्फबाट जारी आधिकारिक घोषणामा महारानीको निधन बिहिबार अपरान्ह स्कटल्याण्डको बालमोरल क्यासलमा भएको बताइएको छ ।विन्डसर क्यासल महारानीको प्रिय निवास थियो । यहाँ बस्ने स्थानीय उनलाई आफ्नो छिमेकीको रुपमा हेर्दथे । विन्डसर क्यासल बाहिर सर्वराधरण जनताले श्रद्धाञ्जली दिँइरहेका छन् । लण्डनको एक स्टेडियममा वेस्ट ह्याम युनाइटेड र एफसीएसबीबीच युरोपा कन्फरेन्स लिग फुटबल प्रतिस्पर्धा शुरु हुनु अघि एक मिनेटको मौन धारण राखिएको थियो। 

महारानीको अर्को निवास स्कटल्याण्डको एडिनबरास्थित द प्यालेस अफ हलिरुडहाउसमा, शोकाकुल मानिसहरुले फूल राखे र दिवंगत महारानीप्रति सम्मान प्रकट गरे । लण्डनको चर्चित स्थल पिकाडिली सर्कस (चौबाटो) मा राखिएको यो विशाल बिलबोर्डमा महारानीको तस्बिर प्रदर्शित गरिएको छ जसले मानिसको ध्यान तानिरहेको छ । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...