News Portal

महिलाहरू किन परपुरूषसँग लालयित हुन्छन् ?

हिमालीसंचार संवाददाता
५५१ पटक

काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ।

आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ। विवाह-वेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरुमा समस्याहरू देखिदै छन्। वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले कतिपयको सम्बन्ध नै सकिएको छ।

पुरुषवादी समाजमा विवाह-वेत्तर सम्बन्ध बनाउन पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाह-वेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ। एक अध्ययनका अनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाह-वेत्तर सम्बन्धमा रहन्छन्।

४० वर्षपछि अर्को सम्बन्धमा रहनुका कारण यस्ता छन्:-

पतिको स्वभाव परिवर्तन !
विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ। श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन्। र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला अर्को पुरुषसँग आर्कषित हुन्छन्।

सानो उमेरमा विवाह !
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ। जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन्। जसको कारण उनीहरु विवाह-वेत्तर सम्बन्धतर्फ लाग्छन्।

पुरुषप्रतिको आर्कषण !
महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन्।

असन्तुष्टी !
४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ।

बच्चा जन्मिएपछि !
महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ। तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ। उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन्।

घरायसी समस्या !
यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु बाहिर सम्बन्धको विकल्प रोज्छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...